अवैध अस्ट्रेलिया छिर्न खोज्दा इन्डोनेसियामा पक्राउ परेका चार नेपाली हिरासतमुक्त
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 years ago

सिड्नी । अवैध रुपमा पानीजहाजबाट अस्ट्रेलिया छिर्न खोज्दा, इन्डोसियामा पक्राउ परेका चार नेपाली युवा ६ महिनापछि हिरासतमुक्त भएका छन् । जनही २० लाख रुपैयाँ दलाललाई बुझाएर, इन्डोनेसियाको सुलाभेसी टापुबाट झण्डै एक घण्टा पानी जहाजको यात्रापछि अस्ट्रेलियाको डार्विन अवतरण गर्न सकिने लोभमा मकासार शहर पुगेका मुगुका चार जना युवालाई गत वैशाखमा स्थानीय अध्यागमन विभागले नियन्त्रणमा लिएको थियो ।

लामो समयको अनुसन्धाकनपछि उनीहरुलाई प्रयोग गर्न दलाल नै मुख्य दोषी हुने भन्दै प्रहरीले मुगुका सलबहादर कार्की, विक्रम मल्ल, बिनोदकुमार बुढा र अंगबहादुर शाहीलाई हिरासतमुक्त गरेको, मलेसियास्थित नेपाली दुतावासले जनाएको छ । हिरामुक्त भएपछि उनीहरु मँगलबार व्यक्तिगत खर्चमा नेपाल फर्केका छन् ।

नेपाली मुलका इन्डोनेसियन नागरिक आलिफ मोहम्मद (सोनम) र डार्विनमा नेपाली मुलकै माइलक नामक एजेन्टको सम्पर्कमा उनीहरुले गैरकानुनी बाटो तय गरेका थिए । इन्डोनेसिया प्रहरीले आफ्नो अनुसन्धान पनि त्यतै तर्फ केन्द्रित गरेको, मलेसियास्थित नेपाली दुतावासले जनाएको छ ।

 

(Visited 29 times, 1 visits today)

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services