म्याग्दी जलजला परिवार अस्ट्रेलियाको साधारणसभा हुने
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 month ago

सिड्नी । म्याग्दी जलजला परिवार अस्ट्रेलियाको बार्षिक साधारण सेप्टेम्बर २२ मा हुने भएको छ । सिड्नीको ग्रानभिलस्थित रातोघरमा हुने साधारणसभाको सम्पूर्ण तयारी पुरा भएको जलजला परिवारले जनाएको छ ।

रोजगार र अध्ययनको सिलसिलामा अस्ट्रेलियामा रहेका म्याग्देलीहरुले सन् २०१२ मा उक्त संस्थाको स्थापना गरेका हुन् । संस्थाले स्थापनाकालदेखि अस्ट्रेलियामा बार्षिक रुपमा पुरुष तथा महिला भलिबल प्रतियोगिता, फुटबल प्रतियोगिता, तीज विशेष कार्यक्रम साथै नेपालमा दैवीप्रकोप, मानवीय सेवा र विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

 

संस्थाका सचिब रिम भण्डारीले साधारणसभाका लागि विभिन्न सामाजिक संघसंस्थाहरुलाई उपस्थितिका लागि आग्रह गरिएको बताएका छन् । बार्षिक साधारणसभाले आगामी योजना र कार्यक्रमहरु समेत बनाउने जलजला परिवारले जनाएको छ ।

(Visited 314 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services