सिड्नीमा कहाँ छ सस्तो घरभाडा ?
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः3 months ago

सिड्नी । अस्ट्रेलियाको मुख्य शहर सिड्नीमा सबैभन्दा महँगो र सबैभन्दा सस्तो घरको मुल्य र भाडा पाईने सबब सार्वजनिक भएको छ ।

घरजग्गा सम्बन्धि आधिकारिक तथ्यांक दिने डोमिन डटकमलाई उदृत गदै स्थानीय सेभेन न्यूजले सार्वजनिक गरेको सुचीमा बरुड, स्टाटफिल्ड, गिलिफ र बेलेक्सीको मुल्य एकबर्षमा ३५ प्रतिशत भन्दा बढीले बढेका छन् । त्यस्तै, ओलम्पिक पार्क, पिटरसम, सन्टम्यारी क्षेत्रको मुल्य तथा भाडा १२ प्रतिशतसम्म घटेको देखाएको छ । अन्य सबवहरुमा एकबर्षको अवधीमा १५ देखि २० प्रतिशत मुल्य बढेको जनाईएको छ ।

सार्वजनिक यातायात, शिक्षा, स्वास्थ्य तथा रोजगारीको अवसर लगायतका आधारमा सबबहरुमा घरको मुल्य घटबढ हुने डोमिन डटकमले जनाएको छ । अहिले सिड्नीमा औषत कोठाको भाडा, प्रतिहप्ता ६ सय देखि ८ सय ५० डलरसम्म कायम रहेको छ । एक तथ्यांक अनुसार, वेस्र्टन सिड्नीमा सबैभन्दा बढी घर र अर्पाटमेन्टको माग रहेको छ । सोही मागलाई पुरा गर्न संघीय र राज्य सरकार मिलेर वेस्र्टन सिड्नीको विभिन्न सबबहरुमा एकबबर्षमा ६३ हजार नयाँ बनाउने महत्वकाँक्षी लक्ष्य लिईएको छ ।

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services