अस्ट्रेलियामा नयाँबर्षको भव्य स्वागत
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः4 months ago

सिड्नी ।अस्ट्रेलियाको सिड्नीमा नयाँ वर्ष सन् २०२४ को स्वागतका लागि हार्वर ब्रिज र ओपेरा हाउसमा आयोजित आतिशबाजी अर्थात फायर वक्समा
१० लाख मानिस उपस्थित भएको, स्थानीय काउन्सिलले जनाएको छ ।

आइतबार साँझ ६ बजे, ९ बजे १२ बजे आकाशमाथि भव्य आतिशबाजी गरिएको थियो । विश्वको सबैभन्दा आकर्षक गन्तव्य मानिएको उक्त क्षेत्रमा नयाँ बर्षको स्वागतका लागि विश्वभरबाट पर्यटकहरु अघिल्लो दिनदेखि टेन्ट र पालमुनि रात बिताएका थिए ।

स्थानीय सञ्चारमाध्यमहरुका अनुसार, हार्बर ब्रिज र ओपेरा हाउसमाथिको आकाशमा ८.५ टनका ८० हजार आतिशबाजी गरिएको थियो । यो आतिशबाजीको तयारी विगत १५ महिनादेखि चलेको थियो । सिड्नी सिटी काउन्सिलका अधिकारीहरुले, आतिशबाजी अवलोकनका लागि १० मानिस प्रत्यक्ष र ४० लाखले टेलिभिजन र अनलाइनबाट अवलोकन गरेको दाबी गरेका छन् ।

त्यस्तै, अष्ट्रेलियाको अन्य शहरहरु क्यानबेरा, मेलबोर्न, ब्रिसबेन लगायतका ठाउँमा पनि नयाँ बर्षको भव्य स्वागत गरिएको छ । नयाँ वर्षको विश्वमै पहिलो स्वागत भने टापु देश किरिबाटीमा गरिएको थियो । यसपछि न्युजिल्यान्डमा नयाँ वर्षलाई धुमधामका साथ स्वागत गरिएको जनाईएको छ ।

 

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services