सुगम र राजले ल्याए ‘रेलिमाई’
प्रकाशित मितिः2 years ago

सिड्नी । अस्ट्रेलियालाई कर्मथलो बनाउदै आएका गायक राज के गोस्वामी र सुगमसंगीतका चर्चित गायक सुगम पोखरेलले ‘रेलिमाई’ बोलको गीत सार्वजनिक गरेका छन् । म्युजिक भिडियोसहित तीनदिन अघि सार्वजनिक गीतले दर्शक र संगीतपारखीहरुबाट राम्रो प्रशंसा बटुल्न सफल भइरहेको छ । नयाँ शैलीको गीतमा गिरिश खतिवडा तथा बुलेट फ्लोको र्‍याप समावेश छ । (भिडियो हेर्न लिंकमा जानुहोला)

गीतमार्फत गायकद्वयले एउटी सुन्दर युवतीको चर्चा र प्रशंसा गरेका छन् । गीतको भिडियोमा गायकद्धयसँगै मोडेल सुरविना कार्कीलाई फिचर गरिएको छ । सतिज श्रेष्ठको सम्पादन र निर्देशनमा तयार भएको भिडियो निकै आकर्षक बनेको छ । वान एमबीको प्रस्तुतिमा तयार भएको भिडियोलाई दर्शकले मन पराइरहेका छन् । ‘जहाँ रहेपनि संगीतलाई निरन्तरता दिने प्रयास गरिरहेको छु, अहिले सार्वजनिक नयाँ गीत र त्यसमा समावेश म्युजिक भिडियोलाई सकरात्मक प्रतिक्रिया आएको छ’ गायक गोस्वामीले भनेका छन् । तिलस्मी काठमाडौं शीर्षकको एल्बममा समावेश गीतलाई गायक पोखरेलको आधिकारिक यूट्युब च्यालन मार्फत सार्वजनिक गरिएको छ ।  (अस्ट्रेलियामा कलाकारको घुइचोसम्बन्धि रिर्पोट हेर्नुहोस्)

 

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services