पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान सफल
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 year ago

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ‘क्यालिब्रेसन फ्लाइट’ सम्पन्न भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार १ मंसिरदेखि सुरु भएको यान्त्रिक क्षमता परीक्षणका लागि हुने यस्तो उडान आइतबार सम्पन्न भएको छ । यससँगै पोखरामा उडान गरेको एरो थाईको जहाज नेपालगञ्ज लागेको छ ।प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार यो जहाजबाट अब नेपालगञ्ज, धनगढी, सुर्खेत र चन्द्रगढीमा उपकरणहरुको परीक्षण गरिने छ । यो जहाज ५ डिसेम्बरसम्म नेपालमै रहने भएको छ । आन्तरिक विमानस्थलका उपकरण जाँचमा नियमित परीक्षण उडान यस जहाजबाट हुन लागेको हो ।

तीन सातापछि प्रतिवेदन

प्राधिकरणका अनुसार क्यालिब्रेसन उडानमा यान्त्रिक उपकरणहरु जाँच गर्न सक्ने प्राविधिकहरु रहेका छन् । उनीहरुले अबको तीन सातामा विमानस्थलमा भएको यान्त्रिक क्षमता परीक्षण उडानको प्रतिवेदन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दिने छन् । प्रवक्ता निरौलाका अनुसार यस्तो प्रतिवेदन आइपुग्न २०र२१ दिनसम्म लाग्ने छ । त्यसपछि यो रिपोर्टलाई प्राधिकरणले सार्वजनिक रुपमा प्रकाशन गर्छ ।प्रतिवेदनले विमानस्थल व्यावसायिक उडानमा योग्य भएको प्रतिवेदन दिएमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक परीक्षण उडान हुने छ । सो परीक्षण समेत सफल भएमा भने वायुसेवा कम्पनीहरुले नियमित उडान गर्न सक्नेछन् । प्राधिकरणले यान्त्रिक परीक्षण उडानको प्रतिवेदन आएपछि विमानस्थलमा उडान गर्न कम्पनीहरुलाई आह्वान गर्नेछ ।

१ जनवरीदेखि नियमित सञ्चालनको लक्ष्य

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल १ जनवरी २०२३ देखि व्यावसायिक रुपमा सञ्चालनमा ल्याउने घोषणा नेपाल सरकारले गरेको छ । यो घोषणा अनुसार नै विमानस्थलमा काम भइरहेको प्राधिकरणको भनाइ छ ।यो विमानस्थलको पूर्वी सीमामा १।३५ टाढा रहेको रिट्ठेपानी डाँडा कटानको काम अहिले भइरहेको छ । डाँडा काट्ने काम सुरु भएपछि यान्त्रिक क्षमता परीक्षण उडान भएका कारण व्यवसायिक उडान तोकिएकै समयमा हुने प्रवक्ता निरौलाले बताए । यो डाँडा १२ देखि ४० मिटरसम्म कटान गर्नुपर्ने छ ।

साढे ५ वर्षमा तयार भयो राष्ट्रिय गौरवको आयोजना

१ वैशाख २०७३ सालमा शिलान्यास भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल २७ असार २०७४ बाट काम थालिएको हो । काम थालिएको साढे ५ वर्षमै निर्माण सम्पन्न भएको छ । पोखरा विमानस्थलको निर्माण चिनियाँ निर्माण कम्पनी सीएएमसी इन्जिनियरिङले गरेको हो । सुरुको सम्झौता अनुसार १० जुलाई २०२१ ९२६ असोज २०७८० मा सकिनु पर्ने आयोजना कोरोना भाइरसको महामारीका कारण उपकरण ढुवानी हुन नसक्नु र चिनियाँ कामदार समेत रोकिएपछि एक वर्ष पर धकेलिएको थियो ।

१२ चैत २०७८ मा चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणको अवसर पारी विमानस्थलको चावी नेपाल सरकारलाई हस्तान्तरण गरिसकेका छन् । सोही दिन नेपाल सरकारले चिनियाँ निर्माण कम्पनीलाई प्रसंशापत्र समेत हस्तान्तरण गरिएको थियो । चीनबाट भएको पछिल्लो सबैभन्दा उच्चस्तरीय भ्रमणको अवसर पारी चावी हस्तान्तरण भएको नेपाल सरकारले बताएको थियो ।

२७ अर्ब १४ करोडको लागत

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न नेपाल सरकार र चिनियाँ सरकारको एक्जिम बैंकबीच २१ करोड २९ लाख अमेरिकी डलरमा सम्झौता भएको हो । २१ मार्च २०१६ ९८ चैत २०७२०मा ऋण सम्झौता भएको हो ।नेपाल नागरिक उड्डयन प्राधिकरण र चाइना सीएएमसी इन्जिनियरिङबीच मे २२ २०१४ मा ९८ जेठ २०७१० विमानस्थल निर्माणसम्बन्धी ठेक्का सम्झौता भएको थियो ।

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services