सिड्नीमा हुने मोना टुर्नामेन्टको तयारी तीब्र
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः11 months ago

सिड्नी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाको आयोजनामा सिड्नीमा पुरुष तथा महिला भलिब एवम् पुरुष बास्केटबल प्रतियोगिता हुने भएको छ । ‘अब म पनि खेल्छु’ भन्ने नाराका साथ आगामी जुन ११ मा सिड्नीको अर्वन बास्केटबल सेन्टरमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताका लागि आन्तरिक तथा बाह्य तयारीलाई व्यापक बनाईएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा पुरुष भलिबल तर्फ विजेतालाई २२ सय अस्ट्रेलियन डलर साथमा ट्रफी र प्रमाणपत्र पुरस्कार राखिएको मोना अस्ट्रेलियाका सदस्य बाबुराम पौडैलले जानकारी दिए । उपविजेताले  १२ सय अस्ट्रेलियन डलर  प्राप्त गर्नेछन् । महिला भबिलतर्फ विजेताले एक हजार डलरका साथमा ट्रफी प्राप्त गर्दा उपविजेताले ६ सय डलर प्राप्त गर्नेछन् ।  बास्केटबल तर्फ भने विजेताले ट्रफीका साथमा २ हजार र उपविजेताले ११ सय डलर प्राप्त गर्ने आयोजकले जनाएको छ । बिहान ८ बजेदेखि सुरु हुने प्रतियोगिता पुरुष भलिबलतर्फ कम्तिमा १० टोलीको सहभागिता हुने आयोजकले अपेक्षा लिएको छ ।

केहिदिनमा प्रतियोगितामा भाग लिने टोलीसहित टाइसिट प्रकाशित गर्ने तयारी भइरहेको सदस्य पौडेलले जानकारी दिए । अध्ययन र रोजगारको सिलसिलामा अस्ट्रेलियामा रहेका म्याग्देलीहरुको साझा संस्था, मोनाले यसअघि जिल्लामा सामाजिक र परोपकारी क्षेत्रमा सक्रिय रुपले क्रियाकलाप गर्दै आएको छ ।

                                                  स्टुडेन्ट भाइब्स मुख्य प्रायोजक

यसैबीच, प्रतियोगिताका लागि स्टुडेन्ट भाइब्स मुख्य प्रायोजक हुने भएको छ । प्रतियोगिताको प्रायोजनसम्बन्धि, मोना अस्ट्रेलियाका अध्यक्ष इन्द्र थापामगर र भाइव्सका प्रमुख बद्री बरुवाल बीच एक सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सिड्नीस्थित टाउनहल र  काठमाडौबाट अस्ट्रेलियामा अध्ययन गर्न चाहाने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा उपलब्ध गराउँदै आएको स्टुडेन्ट भाइब्सले सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले प्रतियोगितामा जोडिएको भाइव्सका प्रमुख बरुवालको भनाई छ ।

प्रतियोगितामा पुरुष भलिबलतर्फ त्रिपति फाउन्डेशन, महिला भलिबलतर्फ नेपमार्ट र बास्केटबलतर्फ एसटिएम विल्डिङ सर्भिसले मुख्य प्रायोजन गरेका छन् । अध्यक्ष थापामगरले सबैको सहयोगले प्रतियोगिता आयोजना गर्न संभव भएको जानकारी दिए ।

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services