शाम्बाला’लाई अस्ट्रेलियामा ‘युनेस्को कल्चरल डाइभर्सिटी अवार्ड’
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः17 minutes ago

सिड्नी। नेपाली फिल्म ‘शाम्बाला’ले अस्ट्रेलियामा आयोजित एसिया प्यासिफिक स्क्रिन अवार्डको एक महत्वपूर्ण विधा ‘युनेस्को कल्चरल डाइभर्सिटी अवार्ड’ जितेको छ । फिल्ममार्फत संस्कृति संरक्षणमा योगदान दिएको भन्दै मीनबहादुर भाम निर्देशित फिल्मलाई सम्मान प्रदान गरिएको ‘एसिया प्यासिफिक स्क्रिन अवार्ड’ले वेबसाइटमा उल्लेख गरेको छ ।

यस वर्ष नेपालबाट अस्करको अन्तर्राष्ट्रिय फिचर विधामा समेत सिफारिस भएको ‘शाम्बाला’ले माथिल्लो डोल्पाको संस्कृति र जनजीवनको कथा पेश गर्छ । बर्लिनमा यो फिल्म विश्व प्रिमियर भएको थियो ।समारोहमा निर्देशक भामले पुरस्कार ग्रहण गरे । अवार्डको क्रममा आयोजित ‘फिल्ममार्फत संस्कृति संरक्षण’ र ‘केस स्टडी अन शाम्बाला’को छलफल सत्रमा समेत उनले भाग लिए ।पुरस्कार जितेपछि भामले फिल्मले पाएको यो सम्मानले आफ्नो लागि धेरै कुरामा अर्थ राख्ने बताए । ‘यो पुरस्कार प्राप्त गर्न पाउँदा म साँच्चै सम्मानित छु ।

यो अवार्डले मेरो लागि धेरै अर्थ राख्छ’, भिडियो सन्देशमा उनले भनेका छन, ‘यसले हाम्रो भिन्नताहरूको सुन्दरता र तिनीहरूलाई अँगाल्ने शक्तिलाई प्रतिबिम्बित गर्छ । नेपालसँग म जोडिएको छु । म साँच्चै विश्वास गर्छु कि हाम्रा कथाहरू एकअर्कालाई बुझ्न महत्वपूर्ण छन् । यो पुरस्कारले हाम्रो संसारमा आवाजहरूको समृद्ध अवसरलाई सेलिब्रेसन गर्छ ।’ साभार अनलाइन खबर

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services