अस्ट्रेलियामा ब्रिजिङ भिसाको चाङ
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः3 days ago

सिड्नी । अस्ट्रेलियामा ब्रिजिङ भिसाको चाङ लागेको छ । कुनै पनि भिसाको निर्णय हुनुअघि सरकारले आवेदनकर्तालाई दिने भिसाको रुपमा रहेको ब्रिजिङ भिसाको सँख्या एकबर्षको अवधिमा अत्यधिक रुपमा बढेको तथ्यांकले देखाएको छ । अस्ट्रेलियन फाइनान्स रिभ्युले गत साता सार्वजनिक गरेको एक रिर्पोटमा ब्रिजिङ भिसाको सँख्या एकबर्षमा १ लाख ९१ हजार २३५ बाट ३ लाख २३ हजार पुगेको उल्लेख गरिएको छ ।

सरकारले विभिन्न ४ प्रकारका ब्रिजिङ भिसा प्रदान गर्ने गर्दछ, जसमा कानुनी रुपमा अस्ट्रेलिया बस्न पाइने देखि काम र कतिपय अवस्थामा आफ्नो देश आउजाउ गर्न पाईने छुट समेत दिईएको हुन्छ । खाशगरि गत जुलाई १ देखि कडा आप्रवासी नीति कार्यान्वयनमा आउँदा उक्त समय भन्दा अघि नै विद्यार्थी बन्न चाहाने आवेदन अत्यधिक रुपमा बढेको रिर्पोटमा उल्लेख गरिएको छ । आप्रवासी नीतिले टिआर अप्लाई गरेपछि फेरि विद्यार्थी बन्न पाउने बाटो बन्द गरेको छ ।

इमिग्रेशन डिर्पोमेन्टका पूर्व सेक्रेटरी अबुल रिजभिले जुलाईमा अन्तराष्ट्रिय विद्यार्थीहरु केहि सुरक्षित बाटो खोज्दा एकैपटक अस्वभाविक हिसाबले विद्यार्थी भिसाको आवेदन परेको बताएका छन् । ‘भिसा रद्द भएपछि पनि विद्यार्थीहरुले धमाधम प्रोक्टेशन भिसाको आवेदन दिएका छन्, त्यसैले पनि ब्रिजिङ भिसाको सँख्या बढेको छ’ उनले भनेका छन् । एकबर्ष भन्दा बढी समय भइसकेका आवेदनकर्ताहरु समेत ब्रिजिङ भिसामा रहँदा सरकारले भिसा प्रक्रिया छिटो र छरितो बनाउन नसकेको गुनासो बढ्दै गएको छ ।

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services