सिड्नी । अस्ट्रेलियाको भिक्टोरिया र कुइनस्ल्याण्ड राज्य, नर्सहरुको रोजाईमा परेका छन् । अन्य राज्यहरुको तुलनामा आकर्षक तलब, भत्ता, सेवासुविधा देखि आत्मसम्मानका कारण यी दुई राज्यमा अहिले अन्य राज्यहरुबाट नर्सहरु स्थानान्तरण हुने क्रम बढ्दो क्रममा रहेको देखिएको छ ।
तथ्यांक अनुसार, भिक्टोरियामा १ लाख ३० हजार र कुइनस्ल्याण्डमा ८३ हजारको हाराहारीमा नर्सहरु कार्यरत रहेका छन् । भिक्टोरियामा कार्यरत नर्स तथा मिडवाइफरीहरुले अस्ट्रेलियाभर सबैभन्दा बढी आम्दानी गरिरहेका छन् । उनीहरुले बार्षिक औषत ८० हजार डलर तलब पाउदै आएका छन् भने कुइनस्ल्याण्डमा ७९ हजार डलर कायम रहेको छ । तथ्यांक अनुसार, न्यू साउथ बेल्समा कार्यरत नर्सहरुले सबैभन्दा कम तलब पाउने गरेका छन् ।
अन्य राज्यहरु भन्दा १८ प्रतिशतसम्म तलब सुविधा कम भएपछि नर्सहरुले लामो समयदेखि राज्य सरकार विरुद्ध विभिन्न चरणका आन्दोलन गर्दै आएका छन् । कर्मचारी युनियनले गरेको सर्वेक्षणमा न्यून तलब र महँगीका कारण एनएसडब्लुमा पछिल्लो ६ महिनामा ४ सय १२ नर्सहरु भिक्टोरिया लगायत अन्य राज्यमा स्थानान्तरण भइसकेको बताईएको छ । एनएसडब्लुमा नर्सहरुको औषत बार्षिक तलब ६९ हजार डलर कायम रहेको छ ।
© 2023. All rights reserved. Designed By: HK Web Services