छ महिनामा अस्ट्रेलिया अध्ययन गर्न १० हजार विद्यार्थीले लिए एनओसी
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः3 months ago

सिड्नी। चालु आर्थिक वर्षको पुस मसान्तसम्म अस्ट्रेलिया अध्ययन गर्न करिब १० हजार विद्यार्थीले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएका छन् ।

पछिल्लो समय अस्ट्रेलियाले कडा आप्रवासी नीति लागू गरेका कारण १६ प्रतिशत भन्दा बढी भिषा अस्वीकृत भएपनि, विद्यार्थीहरुको रोजाई भने अस्ट्रेलिया पर्दै गएको छ । शिक्षा मन्त्रालयको एनओसी शाखाको तथ्यांक अनुसार १ साउनदेखि पुस मसान्तसम्म अष्ट्रेलियाक लागि ९ हजार ७८७ जनाले एनओसी लिएका छन्, यो सँख्या क्यानडापछि सबैभन्दा उच्च हो ।

शाखा अनुसार, यो अवधीमा विभिन्न देशका लागि जम्मा ५१ हजार ६३७ जनाले एनओसी लिएकोमा क्यानडाको लागि सबैभन्दा धेरै १२ हजार ७५ छन् । तेस्रोमा रहेको जापानको लागि ८ हजार ५६७ जनाले, युकेको लागि ६ हजार ६८७ जनाले, अमेरिकाको लागि ५ हजार ३१८ जनाले, दक्षिण कोरियाको लागि २ हजार ३७२ जनाले, भारतको लागि एक हजार ३१२ जनाले एनओसी लिएका छन् ।

शाखाको विवरण अनुसार विभिन्न ५८ देशमा अध्ययन गर्न जानको लागि विद्यार्थीले एनओसी लिएका छन् । शाखा प्रमुख शान्तिराम पौडेलको अनुसार औषतमा दैनिक ५ सय जनाले एनओसीको लागि अनलाइन आवेदन दिने गरेका छन् ।

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services