अस्ट्रेलियामा अन्तराष्ट्रिय विद्यार्थीको सँख्या ३४ प्रतिशतले बृद्धि
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः6 months ago

सिड्नी । अस्ट्रेलियामा सन् २०२३ को पछिल्लो छ महिनामा अन्तराष्ट्रिय विद्यार्थीको सँख्या ३४ प्रतिशतले बढेको छ । सन् २०२३ को जनवरी देखि जुलाईसम्म ७ लाख १० हजार विद्यार्थीले भिषा प्राप्त गरेको अस्ट्रेलियाको शिक्षा विभागको तथ्यांकमा उल्लेख छ ।

सन् २००२ देखि अन्तराष्ट्रिय विद्यार्थीलाई भिषा दिन थालेको अस्ट्रेलियामा सबैभन्दा बढी चिनियाँ विद्यार्थी आउने गरेका छन् । यो छ महिनाको अवधीमा पनि एकलाख ५२ हजार चिनियाँ, एकलाख १८ हजार भारतीय र ५९ हजार नेपाली विद्यार्थी अस्ट्रेलिया आएका छन् । अस्ट्रेलियामा कोलम्बिया, फिलिपिन्स, भियतनाम, थाइल्याण्ड, पाकिस्तान, बाज्रिल, इन्डोनेसिया, जापान, हङकङ, सिँगापुर लगायत २० भन्दा मुलुकबाट विद्यार्थीहरु आउने गरेका छन् ।

विद्यार्थीको अत्याधिक चापसँगै मुख्य शहर, सिड्नी, मेलर्वन लगायतका स्थानमा बशोवासका लागि कोठाको चरम अभाव देखिएको छ भने कोठाको भाडा अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नवआगन्तुक विद्यार्थीहरुलाई कोठासँगै काम पाउन पनि मुश्किल भइरहेको छ । कोठाको क्राइसिस अन्त्यका लागि संघीय सरकारले विशेष योजना ल्याउने बताएपनि, अहिलेसम्म त्यो घोषणा हुन सकेको छैन् ।

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services