विश्वकप विजेतालाई १.६ मिलियन पुरस्कार
प्रकाशित मितिः2 years ago

सिड्नी । अस्ट्रेलियामा हुने आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको विजेताले १.६ मिलियन अमेरिकी डलर पुरस्कार पाउने भएका छन् ।अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले शुक्रबार विजेताले पाउने पुरस्कार रकम घोषणा गरेको हो ।

जसअन्तर्गत विजेताले १.६ मिलियन पाउने छन् ।यस्तै उपविजेताले त्यसको आधा ८,००,००० अमेरिकी डलर पाउने छन् । सेमिफाइनल पुग्ने टोलीले ४,००,००० अमेरिकी डलर पाउने छन् ।विश्वकपमा कुल ५.६ मिलियन अमेरिकी डलर पुरस्कार प्रदान गरिने छ ।

अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप आगामी १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म आयोजना हुँदैछ । विश्वकपमा १६ टिमको सहभागिता रहनेछ ।

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services