
सिड्नी । नेपाली काँग्रेसका सहमहामन्त्री किशोर किशोर सिँह राठौरले नेपालमा केहि पनि विकास भएन भन्ने भाष्य नबनाउन आग्रह गरेका छन् । प्रवासमा रहेका नेपालीहरुले रेमिट्यान्स मार्फत नेपालको समृद्धिमा महत्वपूर्ण योगदान दिएको स्मरण गर्दै सहमहामन्त्री राठौरले नेपालमा सडक र यातायातको विस्तार, सञ्चार र शिक्षाको पहुँच र अन्य पूर्वाधारको क्षेत्रमा उल्लेखनीय प्रगति भएको दाबी गरे ।
नेपाली काँग्रेस जनसम्पर्क समिति अस्ट्रेलिया एवम् एनएसडब्लु जनसम्पर्क समितिले संयुक्त रुपमा आइतबार सिड्नीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सहमहामन्त्री राठौरले २०६२\६३ को जनआन्दोन र परिर्वतनपछि नेपालमा मननयोग्य विकास भएको दाबी गरेका हुन् । ‘तपाँईले अस्ट्रेलियाको विकासलाई नेपालसँग तुलना गर्नुभयो भने, त्यो सही हुदैन् । केहि बर्षअघिसम्म हाम्रो पहाड र तराईको अवस्था कस्तो थियो भन्ने हामीलाई थाहा छ’, उनले भने, ‘अहिले सडक, शिक्षा र सञ्चार नपुगेको ठाउँ नै छैन् ।’ सहमहामन्त्री राठौरले नेपाल समाजको चरित्र अनुसार विकासको खाका कोरिनुपर्ने भन्दै आगामी शताब्दीको विकास नेतृत्व पनि काँग्रेसले नै गर्ने ठोकुवा गरे ।

प्रवासमा रहेर पार्टीको झण्डामुनि अनुशासनहिन काम नगर्न आग्रह गर्दै उनले सुसस्कृति देशमा बसेपछि पार्टी र देशलाई हेर्ने र गर्ने व्यवहार पनि सभ्य हुनुपर्ने बताए । जनसम्पर्क समिति अस्ट्रेलियाका अध्यक्ष सुरेश रनसिंह गुरुङको सभापतित्वमा भएको कार्यक्रममा जनसम्पर्क समिति सम्वन्य विभागका केन्द्रिय सदस्य एवम् जनसम्पर्क समिति अस्ट्रेलियाका निवर्तमान अध्यक्ष कृष्ण गिरि, एनएसडब्लुका बाणिज्यदुत संजिब शर्मा, एनएडिएका अध्यक्ष डा. ज्ञानेन्द्र रेग्मी, गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका निवर्तमान अध्यक्ष नन्द गूरुङ, गणेश केसी, प्रेम सापकोटा, पत्रकार महासंघ अस्ट्रेलियाका निर्वमान अध्यक्ष हेमन्त काफ्ले र हिमानी कोष अस्ट्रेलियाका अध्यक्ष अञ्जना बस्नेत लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । जनसम्पर्क समिति अस्ट्रेलियाका उपाध्यक्ष राजेश केसीले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिब समित केसीले गरेका थिए ।

© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services