विद्यार्थी अभाबमा विश्वविद्यालयहरुले कर्मचारी कटौती गर्दै, १४ हजार जागिर जोखिममा
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 years ago

सिड्नी । अस्ट्रेलियामा अन्तराष्ट्रिय विद्यार्थीको सँख्या कमी भएसँगै विश्वविद्यालयहरुले आफ्नो कर्मचारी कटौती गर्न थालेका छन् । सरकारले सन् २०२५ बाट झन् ४० प्रतिशत मात्रै अन्तराष्ट्रिय विद्यार्थी भर्ना गर्न पाउने नियम प्रस्ताब गरेपछि विश्वविद्यालयहरु थप संशकित बनेका छन् ।

युर्निभसिटी अफ सिड्नीले पछिल्लो समय अन्तराष्ट्रिय विद्यार्थीहरु सहज रुपमा अस्ट्रेलिया आउन नसक्दा त्यसको असर विश्वविद्यालयको आर्थिक स्रोतमा समेत परेको भन्दै कर्मचारी कटौतीको प्रस्ताब अघि सारेका हुन् । संघीय संसद्मा शिक्षा मन्त्रायलयले सन् २०२५ मा विश्वविद्यालयहरुले ४० प्रतिशत मात्रै विद्यार्थी भर्ना गर्न पाउने प्रावधान प्रस्ताब गरेकै समयमा सिड्नी युर्निभसिर्टीले कर्मचारी कटौतीको योजना अघि सार्दा, यहाँका सञ्चारमाध्यमहरुमा राम्रो स्थान पाएका छन् ।

युर्निभसिर्टी अफ सिड्नीका भाइस चान्सलर मार्क स्कटले सरकारले नीतिले अन्तराष्ट्रिय शैक्षिक क्षेत्रमा अनिश्चितता पैदा भएको भन्दै कर्मचारीहरु कटौतीको विकल्प नभएको बताएका छन् । पछिल्लो नौ महिनामा मात्रै अस्ट्रेलियाले ६० हजार भन्दा बढी अन्तराष्ट्रिय विद्यार्थीको भिसा अस्वीकृत गरेसँगै विश्वविद्यालयहरु विद्यार्थीको अभाबमा चर्को दबाबमा परेका छन् । अवस्था यस्तै हुने हो भने थप १४ हजार जनाले रोजगारी गुमाउने र त्यसको भर सरकार माथि पर्ने विश्वविद्यालयहरुले बताउँदै आएको छ ।

(Visited 52 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services