एनआरएनए नागरिक लिए दश बर्ष भिसा निशुल्क
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 days ago

सिड्नी । गैरआवासीय नेपाली नागरिकता लिएको व्यक्तिले नेपाल बस्दा १० वर्षसम्म भिसा निःशुल्क गरिने भएको छ ।सरकारले अध्यादेशमार्फत कानुन संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । गत हप्ता प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो केही झन्झटिला कानुन संशोधन गर्नका लागि अध्यादेश ल्याउने निर्णय गरेको जनाईएको छ ।

उक्त अध्यादेशमार्फत संशोधन हुने कानुनमा एनआरएनलाई १० वर्ष नेपालमा रहँदा भिसा निःशुल्क हुने व्यवस्था गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।त्यस्तै गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले नेपालमा कम्पनी खोल्न सक्ने भएका छन् । गैरआवासीय नेपालीले विदेशमा आर्जन गरेको पुजीको लगानी गर्न यसअघि कानुनी जटिलता थियो । त्यसलाई अन्त्य गरी मुलुकमा लगानीको वातावरण सहज बनाउन सरकारले अध्यादेशमार्फत् यस्तो व्यवस्था गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन। गैरआवसीय नेपाली संघले सरकारको प्रयासलाई सकरात्मक भन्दै स्वागत गरेको छ ।

(Visited 4 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services