कडा आप्रवासी नीति ल्याउने गृह र इमिग्रेशन मन्त्री पदमुक्त
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 months ago

सिड्नी । अस्ट्रेलियामा कडा आप्रवासी नीतिको प्रस्ताब गर्ने गृहमामिला मन्त्री क्लियर वनिल र आप्रवासीमन्त्री एन्ड्रयू गिल्सको जिम्मेवारी हेरफेर भएको छ । प्रधानमन्त्री एन्थोनी एलबनीजिले सन् २०२५ मा हुने आम निर्वाचनलाई लक्षित गर्दै मन्त्रालय हेरफेर गर्दा वनिल र गिल्सलाई आफ्नो जिम्मेवारीबाट हटाएका हुन् । अब गृहमामिला र इमिग्रेसन सम्बन्धि मन्त्रालयको जिम्मा टोनी बर्केलाई दिईएको छ ।

खाशगरि, नयाँ ल्याईएका आप्रवासी प्रस्ताबहरु बिवादित बन्दै जानु र अवैधानिक रुपमा अस्ट्रेलिया प्रवेश गरेका आप्रवासीहरुलाई रिहा गर्ने नीतिले गृहमामिला मन्त्री वनिल र आप्रवासी मन्त्री गिल्स निकै बिवादमा परेका थिए । अब उनीहरुलाई क्रमशस् हाउजिङ एवम् होमलेस तथा सीप एवम् तालिम मन्त्रालयको जिम्मा दिईएको छ । नवनियुक्त गृहमामिला एवम् इमिग्रेशन मन्त्रीले आप्रवासीको नीति, अवैध रुपमा भित्रिएका आप्रवासीहरु तथा अन्तराष्ट्रिय विद्यार्थीहरुको आवागमनमा कस्तो नीति अबलम्बन गर्छन् भन्ने कुरा महत्वपूर्ण बनेको छ ।

सरकारले पछिल्लो समय, कठिनाईपूर्ण प्रावधानहरु ल्याउँदा अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि आउन चाहाने अन्तराष्ट्रिय विद्यार्थीहरुलाई समस्यामा परेका छन् ।

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services