जापानमा छन्त्याल संघ गठन, अध्यक्षमा गंग बहादुर तथब्जा छन्त्याल निर्वाचित
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 years ago

जापान । अध्ययन र रोजगारको सिलसिलामा जापानमा रहेका छन्त्यालहरु एकजुट भएका छन् । डिसेम्बर ३१ का दिन टोकियोमा आयोजित एक भेला मार्फत गंग बहादुर तथब्जा छन्त्यालको अध्यक्षतामा जापान छन्त्याल संघ गठन गर्दै एकजुट भएका हुन् ।

आगामी तीनबर्षे कार्यकालका लागि सर्वसम्मत रुपमा गठन गरिएको संघको वरिष्ठ उपाध्यक्षमा देबिन्द्र घ्याप्चन छन्त्याल, उपाध्यक्षहरुमा अमृत घरब्जा छन्त्याल र मिन बहादुर खड्का छन्त्याल तथा महिला उपाध्यक्षमा धन घरब्जा छन्त्याल, सचिबमा गणेश घ्याप्चन छन्त्याल, सह–सचिबमा प्रवेश घरब्जा छन्त्याल (तारा), कोषाध्यक्षमा रिबिन्द्र घरब्जा छन्त्याल, सह–कोषाध्यक्षमा तेजिन भलञ्जा छन्त्याल चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा राजेन्द्र छन्त्याल, चित्र पुराने छन्त्याल, सागर खड्का छन्त्याल, जीवन भलञ्जा छन्त्याल,तिर्थेन्द्र घरब्जा छन्त्याल, गंग तथब्जा छन्त्याल, लेख तथब्जा छन्त्याल,प्रेम घरब्जा छन्त्याल र याम कुमारी बुढाथोकी छन्त्याल चयन भएका छन् ।

भेलाले, युवा संयोजकमा गौ प्रसाद घरब्जा छन्त्याल, महिला संयोजक मायां खड्का छन्त्याल, खेलकुद संयोजकमा चित्र घरब्जा छन्त्याल र साँस्कृतिक संयोजकको जिम्मेवारी मेक घरब्जा छन्त्याललाई दिएको छ । भेलाले, जोन घरब्जा छन्त्याल, चन्द्रमान घरब्जा छन्त्याल, चेतमान घ्याप्चन छन्त्याल, लाल भलञ्जा छन्त्याल, टीका पुराने छन्त्याल र पूर्ण घरब्जा छन्त्याल सदस्य रहेको सल्लाहकार समिति पनि गठन गरेको छ ।

भेलामा प्रमुख अतिथि नेपाल छन्त्याल संघका केन्द्रिय अध्यक्ष मनमोहन बुढाथोकी छन्त्यालले अनलाइन जुम मार्फत नवगठित कार्यसमितिलाई शुभकामना दिदै, छन्त्याल समुदायको भाषालाई लोप हुन बाट जोगाऊन भाषा पुस्तक प्रकाशनको तयारीमा रहेको जानकारी दिए । कार्यक्रममा, विशिष्ट अतिथि जापान छन्त्याल संघको सल्लाहकार जोन छन्त्याल र चन्द्रमान छन्त्यालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

जापानको विभिन्न ठांऊमा छरिएर रहेको छन्त्यालहरुको ऊल्लेख्य उपस्थित रहेको कार्यक्रममा आऊदो दिनमा आर्थिक,सामाजिक र सांस्कृतिक रुपमा संस्थालाई मजबुट बनाउदै अघि बढ्ने संकल्प गरिएको छ। सर्व सहमतिमा चयन भएको जापान छन्त्याल संघको अध्यक्ष गंग बहादुर छन्त्यालको सभापतित्वमा भएको थियो महिला उपाध्यक्ष धन घरब्जा छन्त्यालले स्वागत मन्तब्य तथा कार्यक्रमको सञ्चालन सह–सचिब प्रवेश छन्त्याल (तारा) ले गरेका थिए ।

(Visited 185 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services