अस्ट्रेलियाको गाउँमा नेपाल प्रहरी छिरेपछि..
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः4 months ago

सिड्नी । तपाँईलाई झट्ट हेर्दा यी तस्विरहरु, नेपालको कुनै स्थानमा प्रहरी र आन्दोलनकारी बीच हुने घम्साघसीको झल्को आएको हुनुपर्छ, तर, न त यो सक्कली नेपाल प्रहरी हो, न त, अरु आन्दोलनकारी नै, अझ यो स्थान त झन् नेपालको होइन् ।

अस्ट्रेलियाको भिक्टोरिया राज्यस्थित वल्हल्लामा हलिउड चलचित्र आइस रोड २ को छायांकन अहिले यसरी नै चलिरहेको छ । अस्टे«लियाको प्रमुख शहर मेलर्वनबाट १ सय ८५ किमिको दुरीमा पर्ने वाल्हल्लालाई नेपाली गाउँले परिवेशको झल्को आउने गरि तयार पारेर चलचित्रको छायांकन थालिएको छ ।

हलिउडका ख्याती प्राप्त कलाकार लियम निसन अभिनित चलचित्रको छायाकनमा प्रहरीको पोसाकमा रहेका एक पुरुषसँग उनले घम्साघमसी गरिरहेका थिए ।

निशिनले रिसको झोकमा प्रहरी पोसाकमा सजिएको पुरुषमाथि मुड्की उचालिरहेका छन् र मुक्का प्रहार गरिरहेका छन् । अर्कौ दृश्यमा प्रहरी अधिकार लडेको देखिन्छ । अहिले मेलबर्नको मौसम तातो छ । गर्मी धेरै छ । तर नेपालमा हिउँदको मौसम भएकोले यही भएको देखाउन उनले टन्नै लुगा लगाएका छन् ।

आईस रोड २ः अर्थात् रोड टू स्काई, आफ्नो मृत भाईको अस्तु बोकेर सगरमाथा जान लागेका एक पुरुषको कथा मा आधारित छ फिल्मको शुरुआत क्यानडाबाट सुरु हुने निर्माण पक्षले जनाएको छ ।

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services