अष्ट्रेलियामा मासिक १२ हजार डलर कमाउँदै १६ वर्षीय साम कँडेल
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 months ago

सिड्नी । हुने बिरुवाको चिल्लो पात भनेझै साम कँडेल स्कुले जीवनदेखि नै आफ्नो उमेरका अन्य विद्यार्थी भन्दा अब्बल थिए ।उनै साम अहिले १६ वर्षमै दुई व्यवसाय सफलतापूर्वक सञ्चालन गरिरहेका छन् । र, संसारलाई चकित पार्नेगरी नेपाली मूलका अष्ट्रेलियाली यी किशोरले मासिक १२ हजार अष्ट्रेलियन डलर कमाइरहेका छन् । त्यसो त, उनी विरासतमा पाएको कुनै पुर्ख्यौली व्यवसाय हाँकिरहेका होइनन्, उनले त आफ्नै बलबुता र सोचमा यी काम गरिरहेका हुन् ।
कम उमेरकै कारण सम्भावित ग्राहकहरूले सामका कुरालाई हल्का रूपमा लिन्छन् । व्यवसाय चलाउने क्रममा उनले यस्ता व्यवहारसँग गर्नुपरेको संघर्षका रोचक शृङ्खला छन् ।

वास्तवमै साम आम १६ वर्षीय किशोरजस्ता छैनन् । उनी त एक स्टार्टअप एसईओ कम्पनी चलाइरहेका छन् ।कम उमेरमै सामले हाइस्कूलको अध्ययनसँगै डिप्लोमा पनि सकिसकेका छन् । अहिले उनी अर्को विश्वविद्यालयमा आफ्नो व्यवसायसँग सम्बन्धित विषय पढिरहेका छन् । अध्ययनपछि आफूले काममा गरेको प्रगतिबारे थप विश्वसनीयता प्राप्त गर्ने उनको अपेक्षा छ ।

याहू फाइनान्ससँग कुरा गर्दै सामले अहिलेसम्म प्रारम्भिक ड्राइभिङ लाइसेन्स समेत प्राप्त नगरेको खुलाएका छन् । कलिलो उमेरकै कारण उनलाई आफ्नो व्यवसायमा लगानी भित्र्याउन लगानीकर्ता मनाउन मुश्किल भइरहेको छ ।‘म यति सानो उमेरमै विश्वविद्यालयमा छु भन्ने कुराबाट फाइदा उठाउन प्रयास गर्छु’, उनले भने, ‘म मानिसहरूलाई कसरी यो उमेरमा विश्वविद्यालय पुगें र मेरा अघिल्ला ग्राहकहरूसँग काम गरें भन्नेबारे बताउँछु ताकि यसबाट केही मद्दत मिलोस् ।’

एक बाल प्रतिभाको छलाङ

सामलाई स्कुलमा केही कक्षाहरू अनौपचारिक रूपमा बढाइयो किनकि उनी माथिल्लो कक्षाका विद्यार्थी जस्तै प्रश्नहरूको जवाफ दिनसक्ने क्षमता राख्थे । उनले जम्मा १४ वर्षको उमेरमा खुल्ला विश्वविद्यालयबारे थाहा पाए र युनिभर्सिटी अफ न्यू इङ्ल्याण्डमा सूचना सेवा ९इन्फरमेसन सर्भिसेज० मा डिप्लोमाको लागि आवेदन दिए।

भर्नाका लागि सामले तीन विषयको परीक्षा उत्तीर्ण गर्नुपर्ने हुन्थ्यो । उनले राम्रो नतिजा मात्र ल्याएनन्, प्रत्येक विषयमा उच्च ग्रेड प्राप्त गर्न सफल भए र उनलाई बाँकी डिप्लोमा पूरा गर्न अनुमति दिइयो ।

अक्टोबर २०२३ मा स्नातक तहको अध्ययन सकेपछि उनलाई युनिभर्सिटी अफ न्यू साउथ वेल्समा वाणिज्यतर्फ स्नातक तहमा भर्ना लिइयो।यसको लागि आवश्यक पर्ने न्यूनतम एटीएआर ९अष्ट्रेलियन टर्सिअरी एड्मिसन र्याङ्क० ९३ ९९९।९५ मध्ये० ल्याउनु निकै कठिन काम हो, अझ यति सानो उमेरको व्यक्तिलाई त असम्भव प्रायः नै ।

उनी अध्ययनरत विश्वविद्यालयका धेरै सहकर्मीलाई निकै कम उमेरका साथी पनि हामीसँगै पढिरहेका छन् भन्ने थाहा छैन । सामले भने, ‘यो धेरै रोचक छ, भन्नैपर्ने अवस्था नआएसम्म मैले मानिसहरूलाई आफ्नो उमेरबारे भन्दिनँ, उमेर थाहा पाएपछि सबैजना अचम्म पर्छन्। प्रायः मानिसहरू त म मजाक गर्दैछु भन्ने सोच्छन्।’कतिपयले त सामको कुरा नपत्याएर परिचयपत्र देखाउन आग्रह गर्छन् ।

विद्यालय शिक्षा सकेपछि खुलेको आकाश

कँडेलका अनुसार विश्वविद्यालय भर्ना भएपछि उनले सम्भावनाको फराकिलो आकाश भेटे । उनको मष्तिष्कको व्यापक प्रयोग भयो जुन कुरा हाइस्कुलमा सम्भव थिएन । विश्वविद्यालयले उनलाई धेरै काम गर्न अनुमति दियो ।‘म आफ्नो व्यापारमा थप काम गर्न चाहन्थें तर हाइस्कुलले मलाई त्यस्तो लचिलोपना दिएन ता कि म आफ्नो व्यापार सुरु गर्ने अनुमति पाऊँ’, उनले भने ।हाइस्कूल र डिप्लोमा सँगै अगाडि बढाउनु निकै गाह्रो काम हो । कँडेलले १४ वर्षको उमेरमा गितार सिकाइरहँदा सर्च इन्जिन अप्टिमाइजेसन ९एसईओ० मा रुचि राख्न थाले।

एसईओमा काम गर्ने मानिसहरूले वेबसाइटहरूलाई खोज इन्जिनहरूको नतिजामा सबैभन्दा माथि पुर्‍याउने र ट्राफिक बढाउन यथासम्भव धेरै फिचर गर्ने प्रयास गर्छन्। साम आफ्नो गितार सिकाउने कामलाई स्थानीय क्षेत्रमा लोकप्रिय बनाउन चाहन्थे । यही क्रममा उनको रूचि एसईओतिर बढ्यो ।

उनले अहिले आफ्नो एसईओ व्यवसायका लागि केबीए वेब खडा गरेका छन् र अहिलेसम्म धेरै ग्राहकहरूलाई आकर्षित गरिसकेका छन् ।
उनले गितार सिकाएर हप्तामा करिब एक हजार अष्ट्रेलियन डलर कमाउँथे । त्यसका लागि उनले १२ घण्टासम्म काम गर्नुपर्थ्यो । तर घर सर्दा उनले त्यो काम बन्द गरे। तर अब केबीए वेबबाट एसईओको काम गर्दा उनले मासिक लगभग १० देखि १२ हजार डलरसम्म कमाइरहेका छन् ।

विश्वास दिलाउने संकट

कल्पना गर्नुहोस् कि तपाईं आफ्नो व्यपार व्यवसायको अनलाइन उपस्थिति सुधार्न चाहनुहुन्छ वा अनलाइनमा ग्राहकको लागि उपलब्धता वृद्धि गर्न चाहनुहुन्छ । यही क्रममा तपाईंले भेट्नुभयो केबीए वेब । तपाईंले भेटघाटको समय लिनुहुन्छ र भेटमा पाउनुहुन्छ कि यो व्यवसाय त कुनै किशोरले हाँकिरहेको छ ।

यही क्रममा सामका कुरालाई मानिसहरूले गम्भीर रूपमा लिंदैनन् । केटाकेटी नै रहेछ जस्ता अनेकौं टिप्पणी गर्छन् ।‘खासगरी तपाईंको कुनै उल्लेख्य प्रोफाइल ९व्यक्तित्व० नभएको र उमेर पनि कलिलो भएको अवस्था कति मानिसहरूले तपाईंको विश्वास गर्लान् रु’ उनी प्रश्न गर्छन् ।

साम एउटा घटना सम्झिन्छन् । एक व्यक्ति उनको सेवा लिन चाहन्थे । जब उनी भेटका लागि आए, पूरै समय अरु कसैसँग फोनमा कुरा गरेर बिताए । यस्तो लाग्थ्यो कि उनलाई १६ वर्षीय सामको कुरामा कुनै रुचि र विश्वास थिएन ।उनलाई विश्वास छ, १९ वर्षसम्ममा उनले विश्वविद्यालयको डिग्री सक्नेछन्, तब मानिसहरूले उनलाई विश्वास गर्नेछन् र व्यापार विस्तार हुनेछ । त्यसले उनको काम र नतिजामा धेरै फरक पार्ने सामको विश्वास छ । ‘एसईओ व्यवसायको कुरा गर्दा, सबै कुरा विश्वसनीयता र डिग्रीमा अडिएको हुन्छ,’ उनी भन्छन् ।

व्यस्तताले घेरिएको जीवन

यो पढिरहँदा तपाईंलाई लाग्छ सक्छ कि सामले सानै उमेरमा धेरै गरिसके । तपाइँ पक्कै गलत हुनुहुन्न ।तर सामको आफैंप्रतिको मूल्याङ्कन फरक छ । ‘मैले त्यस्तो उत्पात केही गरेको छैन’, उनी भन्छन् । उनको यो दृष्टिकोण आंशिक रूपमा उनको परिवेशद्वारा पनि निर्धारित छ ।

‘पाँच(छ वर्ष जेठा मानिसहरूले वास्तवमै राम्रा गरिरहेका छन् । उनीहरू महिनामा २ लाख अष्ट्रेलियन डलरसम्म आम्दानी गरिरहेका छन्,’ उनले भने ।
व्यवसायिक दुनियाँमा प्रवेश गरेपछि उनी ८स्४५ देखि दिउँसो ३ बजेसम्मको हाइस्कुल रुटिनभित्र सीमित छैनन्, उनका त धेरै नयाँ साथीहरू बनिरहेका हुन्छन् । ‘म पूर्णरूपमा फरक साथीहरू, केवल व्यापार गर्न खोज्ने मानिसहरूको समूहमा छु। र, हामी केही नयाँ कुरा सिक्दैछौं ‘ उनीहरू अलि बढी यसमा केन्द्रित छन्’, उनले थपे। फोर्ब्सको ३० मुनिका ३० सूचीमा सबैभन्दा कान्छो सदस्य हुन चाहन्छन् उनी । उनलाई लाग्छ( यो सफलता पाउन उनले प्रति वर्ष लगभग १ मिलियन डलर कमाउनुपर्छ ।
अनलाइन खबरबाट

(Visited 53 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services