
म्याग्दीको सदरमुकाम बेनीमा डेंगु रोग नियन्त्रण गर्न ‘खोजी र नष्ट अभियान’ सुरू गरिएको छ । बेनी नगरपालिका वडा नं ७ र ८ ले डेंगुको बासस्थान भत्काउने तथा पहिचान गरी नष्ट गर्न समुदायलाई नै सक्रिय बनाएर डेंगु रोग सम्बन्धि सचेतनामुलक कार्यक्रमम सञ्चालन गरिएको छ ।
म्याग्दीमा संक्रमणको संख्या १३ जना पुगेको र एक जना डेंगु पोजेटिभलाई अस्पतालमा भर्ना गर्नुपरेको अवस्थामा डेंगु रोग सार्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियानलाई तीव्रता दिइएको बेनी नगरपालिकाका प्रबक्ता एवम् वडा नं ७ का अध्यक्ष रमेशकुमार श्रेष्ठले बताउनुभयो ।
बेनीबजारभित्रका दुवै वडामा आमा समुह, टोल सुधार समिति, नेपाल प्रहरी, यूवा क्लव, विद्यालयका विद्यार्थी सहितको टोलीले शनिबार सरसफाई सहितको अभियानमा जुटेका थिए । स्वास्थ्य कार्यालय र भ्याली कलेज काठमाडौको प्राविधिक सहयोगमा एडिस एजिप्टाइ जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक सरुवा रोग खोज्ने र नष्ट गर्ने कामसहित डेंगु नियन्त्रणको योजना बनाउन वडास्तरमा अभिमुखीकरण समेत गरिएको थियो ।
जिल्लामा सबैभन्दा धेरै जोखिम बेनीबजार रहेकाले सर्च एण्ड डिस्ट्रोए कार्यक्रममा जोड दिनुपर्ने, विद्यालय स्तरमा चेतनामूलक कार्यक्रम सञ्चालन, बिरामीले हेलचक्राई गर्न नहुने, स्वास्थ्य कर्मीसँग परार्मस नगरी औषधी सेवन गर्न नहुने लगायतका बारेमा समुदायमा माईकिङ समेत गरिएको छ ।
डेंगीको संक्रमणबाट बच्नका शुरुमा आफ्नै घर वरपर रहेको पानी जम्ने खाल्टाखुल्टी पुर्ने, गमलामा जम्मा भएको पानी फाल्ने र रामखुट्टेको लार्भा फाल्नका लागि सेचतनामुलक कार्यक्रम वडा वडामा पु¥याउन थालिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
लामखुट्टेको टोकाइबाट यो रोग सर्ने भएकाले आफ्नो घर वरिपरि पानी जम्न नदिइ सफा तथा डेंगु बिरामीबाट अर्को बिरामीमा समेत सजिलै संक्रमण फैलिने भएकाले सतर्कता अपनाउनुपर्छ ।
डेंगुबाट जोगिन वनजङ्गलमा घाँस दाउरामा ल्याउन जाने, पशुचौपाया राख्ने गोठ आसपासका क्षेत्र, घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउनुपर्छ । डेंगु भाइरसद्वारा सङ्क्रमित ‘एडिज एजिप्टी’ र ‘एडिज एल्बोपिक्टस’ जातका पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services