एनएसएनटिको छैठौं साधारणसभा सम्पन्न
✍ सुमन भट्टराई
प्रकाशित मितिः2 months ago

तास्मेनिया । अष्ट्रेलियाको तास्मेनियास्थिति लन्सेस्टनमा रहेको सामुदायिक संस्था, नेपाली सोसाइटी अफ नर्दन तास्मेनिया (एनएसएनटि)ले आफ्नो छैटौँ साधारण सभा सम्पन्न गरेको छ ।

तास्मेनियाको उत्तरी भागमा पर्ने लन्सेस्टन र यस नजिकमा बसोबास गर्ने नेपालीहरुलाई सामुदायिक हिसाबले समेटेको यस संस्था सन् २०१८ मा स्थापना भएको थियो । अघिल्लो कार्यकालकै सदस्यहरु निरविरोध रुपमा आउने कार्यकाल २०२४/२५ को लागि रहने संस्थाले जनाएको छ ।

एन् एस् एन् टिको अध्यक्षता रवि सिहं विष्टले सम्हाल्ने छन् । उपाध्यक्षमा विवेक खनाल रहेका छन् भने महासचिबमा राजन श्रेष्ठ, कोषाध्यक्षमा पुरषोत्तम रिमाल र सहसचिबमा स्वसतिक पौडेल रहेका छन् । त्यसैगरि पब्लिक रिलेशन अफिसरमा संकर दाहाल रहेका छन् भने सदस्यहरुमा वसन्त विष्ट, राजिब पन्थि, रमेश सापकोटा, कलेन्द्र दशौडि, रोशन श्रेष्ठ, सरोज खनाल र पुकार बोहोरा रहेका छन् । उक्त साधारण सभामा संस्थालाई विभिन्न रुपमा सहयोग पुर्याउने सबैलाई सम्मानित गरिएको थियो ।

यस संस्थाले अघिल्लो वर्ष भन्दा यस वर्ष आफुहरु आर्थिक र सामाजिक हिसाबले थप मजबुत भएको उक्त साधारण सभामा जनाएको थियो । लन्सेस्टन र वरपर रहेका नेपालीहरुलाई समेट्दै एन् एस् एन् टि ले विभिन्न सामाजिक र सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिरहेको छ । जस अन्तर्गत देउसी भैलो, होलि मेला, सांस्कृतिक परेड र जुवा अर्थात ग्याम्लिङलाई समेटेर गरेको सचेतनामुलक कार्यक्रम र अन्य विभिन्न कार्यक्रमहरु यस संस्थाले आयोजना गरेको थियो । एन् एस् एन् टिले स-साना नानी बाबुहरुलाई पनि नेपाली भाषा सिकाउने उदेश्यले हरेक शनिवार निरन्तर रुपमा भाषालय पनि संचालन गर्दै आएको छ ।

(Visited 181 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services