एउटै वडामा दुध विक्रीबाट ४ करोड बढी भित्रीयो
प्रकाशित मितिः4 years ago

पछिल्लो समय सयौँ युवा बेरोजगार भएर रोजगारीका लागि विदेश पलायन हुने गरेका छन्। लाखौँ खर्च गरेर विदेश जाने लहर चलिरहेको बेला म्याग्दीको एउटा गाउँमा व्यवसायिक पशुपालन गरेर मनग्य आम्दानी गरिरहेका छन् ।

जिल्लाको बेनी नगरपालिका–४, सिंगामा एक बर्षको अवधिमा दुध विक्रीबाटै झण्डै ४ करोड बढी भित्रीएको छ । दूध बिक्रीबाट आयआर्जन हुन थालेपछि कृषकहरु क्रमशः व्यावसायिक पशुपालनमा आकर्षित हुने क्रम बढेको छ । विगतमा एक÷दुई वटा पशुपालन गरेर घरायसी उपभोग गर्दै आएका कृषकले समेत व्यावसायिक पशुपालन शुरु गरेका छन् । पछिल्लो समय सिंगा दुध उत्पादनको ‘हब’ बन्दै गएको छ ।

बेनपा ४ को बास्कुना थामडाँडाबाट २६० लिटर, सिंगा शुभकामना दुद्य सहकारीबाट २६० लिटर, सिमलचौर विउविजन तथा कृषि सहकारी संस्थाबाट ४५० लिटर दुध विक्री हुने गरेको छ । भने सिंगाका कोपीलाल पौडेलले दैनिक ४० लिटर दुध विक्री गर्दै आउनु भएको छ । सिंगाबाट दैनिक रुपमा एक हजार २० लिटर भन्दा बढी दुध विक्री हुने गरेको छ ।

थामडाँडा दुद्य कृषि सहकारी संस्थाका अध्यक्ष तिलक गुरुङका अनुसार सहकारीबाट दैनिक कम्तीमा २६० लिटर दुध विक्री हुने गरेको छ । यसले गाउँको आर्थिक विकास संगै धेरैले रोजगारी समेत पाएका छन् ।

त्यस्तै सिंगाका अगुवा किसान कोपिलाल पौडेलका अनुसार आफुले दैनिक रुपमा ४० लिटर दुध विक्री गर्ने गरेको जानकारी दिनुभयो । ‘मैले पहिला एक सय लिटर सम्म विक्री गरेको थिए, तर अहिले दैनिक रुपमा ४० लिटर दुध विक्री गर्दै आएको छु’उहाँले भन्नुभयो, व्यक्तीलाई विक्री गर्दा १ सय २० र डेरीलाई विक्री गर्दा ११० रुपैयाँमा विक्री हुने गरेको छ।

पौडेलका अनुसार दुध विक्रीबाट मासिक एक लाख ३८ हजार रुपैयाँ आम्दानी हुने गरेको छ।‘बार्षिक करिब १७ लाख आम्दानी हुन्छ तर खर्च कटाउदा ६÷७ लाख बचत हुन्छ ।’ उहाँले भन्नुभयो, पशुपालनबाट छोराछोरीको पढाई संगै हाल सम्म घरखर्च समेत चलेको छ, म यो पेशामा खुशी छु ।’

सिंगा पौडेलचोकमा रहेको शुभकामना दुद्य सहकारीबाट दैनिक रुपमा २६० लिटर दुध विक्री हुने गरेको सहकारीका प्रवन्धक दिपक शर्मा जानकारी दिनुभयो । उहाँका अनुसार सहकारीमा ५० जना आवद्ध रहेका र हाल २० देखि २५ जनाले मात्र सहकारीमा दुध विक्री गर्न लिने गरेका छन् । ‘हाम्रो सहकारीमा सिजनमा ३ सय लिटर सम्म दुध विक्री हुन्छ, तर यो बेसिजनमा २६० लिटर दुध विक्री हुने गरेको छ ।’ उहाँले भन्नुभयो, जिल्लामा कायम भएको दुधको मुल्यमा रहेर नै दुध विक्री गरेको जानकारी दिनुभयो ।

शर्माका अनुसार दैनिक रुमा करिब ३० हजारको दुध विक्री हुन्छ । सहकारीबाट बार्षिक रुपमा एक करोड भन्दा बढीको दुध विक्री हुने गरेको छ । ‘हामीले बार्षिक रुपमा १ करोड ७६ लाख सम्मको दुध विक्री हुने गरेको छ ।’ शर्माले भन्नुभयो, गाउँमा व्यवसायिक रुपमा पशुपालन गर्ने किसानको संख्या कम छ, तर घरायसी रुपमा पालना गर्दै आएका किसानले समेत बिहान बेलुकी दुध विक्री गर्न सहकारीले पौडेलचोकमा सञ्चालन गरेको दुध संकलन केन्द्रमा लिने गरेका छन् ।

त्यस्तै तातोपानीमा रहेको सिमलचौर विउविजन तथा कृर्षी सहकारी संस्थाबाट दैनिक रुपमा ४५० लिटर दुध विक्री हुने संस्थाका सदस्य भविलाल सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार सहकारीमा आवद्ध सदस्यहरुबाट दैनिक रुपमा दुध संकलन गरेर दैनिक विक्रीका लागि बेनी बजारमा ल्याउने गरिन्छ । ‘हाम्रो सिजन र बेसिजनमा गरेर सर्दरमा ४५० लिटर दुध विक्री हुन्छ, एक लिटर १ सय दश रुपैयाँमा विक्री गर्ने गरेका छौँ ।’ उहाँले भन्नुभयो, दुध विक्रीबाट बार्षिक एक करोड ७९ लाख आम्दानी हुन्छ ।’ व्यवसायिक रुपमा पशुपालन गर्ने किसानको संख्यामा कम भएपछि घरमा पालेको पुशपालनबाट पनि किसानले मनग्य आम्दानी गर्ने गरेका छन् ।

वडामा पशुपालन गर्ने किसानलाई प्रोत्साहन गर्नका लागि उनीहरुलाई आगामी बर्षदेख अनुदान र सौलियतका योजना र कार्यक्रम सञ्चालन गर्ने वडा अध्यक्ष अर्ण बहादुर भण्डारी (भगवान)ले जानकारी दिनुभयो । ‘अहिले निर्वाचन लगतै कार्यक्रम र योजना बनाउनु पर्दा वडा रहेका पशुपालन किसानका लागि कार्यक्रम राख्न पाएका छैनौँ ।’ उहाँले भन्नुभयो, आगामी बर्षदेखि हामीले किसानलाई गाँस र अन्य क्षेत्रमा सतप्रतिशत अनुदान दिने गरि कार्यक्रम ल्याउने छौँ । उहाँका अनुसार वडामा हाल सम्म कती जना किसाले व्यवासयी रुपमा पशुपालन गरेका छन् भन्ने विवरण संकलन गरेर किसानलाई हित हुने खालका योजना समावेश गर्ने योजना रहेको उहाँको भनाई छ ।

(Visited 75 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services