अस्ट्रेलियाको कर नीतिमा व्यापक हेरफेर, विद्यार्थीहरुलाई फाइदा
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः6 months ago

सिड्नी । अन्तराष्ट्रिय विद्यार्थीलाई सहज हुनेगरि अस्ट्रेलियाले कर नीतिमा व्यापक हेरफेर गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद्क वैठकले बढ्दो महँगीका बीच, न्यून र मध्यम आयस्तर भएका अस्ट्रेलियाबासीलाई केन्द्रमा राखेर कर नीतिमा परिर्वतन गरेको हो ।

जसअनुसार, बार्षिक १८ हजार २ सय डलर आम्दानी हुने करदाताले कुनैपनि कर तिर्नु नपर्ने यसअघिको प्रावधानलाई यथावत राख्दै १८ हजार २ सय १ देखि ४५ हजार डलरसम्म आम्दानी हुने १९ प्रतिशत कर तिनुपर्ने प्रावधानलाई घटाएर १६ प्रतिशतमा झारेको छ, त्यस्तै ४५ हजार १ सय डलरदेखि एक लाख ३५ हजार डलरसम्म आम्दानी हुनेले ३० प्रतिशत कर तिनुपर्नेछ ।

सरकारले आम्दानीको आकार बढ्दै जाँदा करको दायरा पनि फराकिलो बनाउने नीति अनुरुप एक लाख ३५ हजार देखि १ लाख ९० हजार डलरसम्म आम्दानी हुनेले ३७ प्रतिशत र एक लाख ९० हजार डलर भन्दा बढी हुनेले ४५ प्रतिशत कर तिनुपर्नेछ । संसद्बाट पारित भएपछि, आगामी जुलाईबाट कार्यान्वयन आउने उक्त ऐनले विद्यार्थी, नर्स र मध्यम आय भएकाहरुलाई धेरै फाइदा गर्ने अर्थमन्त्री जिम चाल्मरको भनाई छ । ‘राजनीति एक ठाउँमा छ, तर हामीले अहिले राजनीति भन्दा पनि जनताको आधारभुत आवश्यकतालाई हेरेका छौँ’, उनले विपक्षीलाई लक्षित गर्दै भनेका छन् ।

चर्को महँगीका बीच, सरकारलाई तत्काल राहत प्याकेज घोषणा गर्नुपर्ने दबाब बढिरहेको बेला सरकारले कर नीतिमा समायोजन गरेको जनाएको छ । तर, विपक्षीहरुले सरकारले सबैलाई समान किसिमको व्यवहार गर्न चुकेको र यसअघि निर्वाचनको बाचा भुलेको आरोप लगाएको छ ।

(Visited 35 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services