अस्ट्रेलियामा मूल्यबृद्धि भन्दा तलबबृद्धि दर उच्च, नर्स र शिक्षकको तलब निरन्तर उकालो
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः3 months ago

सिड्नी । अस्ट्रेलियामा सन् २०२१ प्छि पहिलोपटक तलबबृद्धि दर मुल्यबृद्धि भन्दा बढी देखिएको छ । तथ्यांक विभागले जारी गरेको नयाँ तथ्यांक अनुसार, अस्ट्रेलियाको मुल्यबृद्धि अहिले ४.१ प्रतिशत कायम रहँदा तलबबृद्धि दर भने ४.२ प्रतिशत पुगेको छ । सरकारी अधिकारीहरुले सन् २०२१ को तेस्रो त्रैमासिक प्रतिवेदनपछि पहिलो पटक मुल्यबृद्धि भन्दा तलबबृद्धिको दर उच्च देखिएको जनाएको छ ।

संघीय सरकारका अर्थमन्त्री जिम चाल्मरले यसले तथ्यांकले आम सर्वसाधारणलाई राहत महसुस हुने प्रतिक्रिया दिएका छन् । ‘यहाँको मुल्यबृद्धि दशक यताकै न्यून विन्दुमा झरेको छ, महँगी नियन्त्रणका लागि सरकारले महत्वपूर्ण कार्यहरु गरेका कारण यो संभव भएको हो’, उनले भनेका छन् । नयाँ आर्थिक बर्ष सुरुवात हुने जुलाई महिना देखि नै अस्ट्रेलियामा कामदारको तलब बढ्दै गएको थियो, अहिले खाशगरि स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने कामदारहरुको तलब निरन्तर बढिरहेको तथ्यांकले देखाएको छ ।

सन् २०२२ को डिसेम्बर महिनामा अस्ट्रेलियामा मुल्यबृद्धि सबैभन्दा धेरै ७.८ प्रतिशत रहेको थियो जतिबेला तलबृद्धि जम्मा ३.६ प्रतिशत थियो । अर्थमन्त्री चाल्मरले सरकारले पछिल्लो पटक लिएको कर नीतिका कारण आगामी जुलाईबाट हरेक व्यक्तिले साविक भन्दा बढी पैशा बचत गर्न सकिने बताएका छन् । मूल्यबृद्धि र तलबबृद्धिको पछिल्लो तथ्याकले अर्थतन्त्रमा थप सकरात्मक वातावरण सिर्जना गरेको अर्थविद्हरुले टिप्पणी गरेका छन् ।

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services