एनआरएनए चीनको अध्यक्षमा चौलागाईं
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः10 months ago

काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीनको नयाँ नेतृत्व चयन भएको छ । चीनको गोन्जाओमा आइतबार ९२३ जुलाई० सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनबाट संघले निर्मल शर्मा चौलागाईंको नेतृत्व प्राप्त गरेको हो ।

संघको महासचिवमा प्रदीप नेपाल निर्विरोध निर्वाचित भएका छन् । संघको आईसीसी सदस्यमा भने रोहित अग्रवाल निर्वाचित भएका छन् । यादव अर्याल र राजकुमार खरेलद्धय उपाध्यक्ष, सूर्यप्रताप राजवंशी र पुन्यवती सुवेदी सचिव, सुरज न्यौपाने कोषध्यक्ष, प्रदीप सिंह सह–कोषध्यक्ष, नविन किशोर दाहाल युवा संयोजक सहित २३ सदस्सिय नयाँ कार्यसमिति चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा रवि रंजन कुशावाहा, सन्तोष भट्टराई, विकास वान्तावा राई, कृष्ण आचार्य, संजय कोईराला, दिपेश प्रसाई, प्रकाश धिमाल, सैलेश ठाकुर, कमल सापकोटा, विजय पराजुली, विकास सिग्देल र जेनिका धोजु निर्विरोध निर्वाचित भएका छन् । संघको अध्यक्ष पदमा निर्मल शर्मा चौलागाई र विष्णुप्रसाद दुमरुबीच प्रतिस्पर्धा भएको थियो ।

अध्यक्ष पदमा शुक्रबार निर्वाचन भएको थियो । निर्वाचन वाट चौलागाईंले २०५ मतसहित निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रतिस्पर्धी दुमरुले ६० मत प्राप्त गरेका छन् । अध्यक्षबाहेकका अरु सबै पदमा भने निर्विरोध निर्वाचित भएको निर्वाचन आयुक्त मित्रलाल सापकोटाले जानकारि दिए । संघमा कुल २६९ सदस्य रहेका छन् ।‘नेपाली का लागि नेपाली’ नारा रहेको संघको महाधिवेशन पश्चात नवनिर्वाचित पदाधिकारीहरुले सपथग्रहण तथा पदभार ग्रहणसमेत गरेका छन् ।

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services