विद्यार्थी भिषा आवेदनको शुल्क बढाउने अस्ट्रेलियाको तयारी
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 weeks ago

सिड्नी । अस्ट्रेलियाले विद्यार्थी भिषा आवेदन शुल्क भारी मात्राले बृद्धि गर्ने तयारी गरेको छ । अन्तराष्ट्रिय विद्यार्थीका लागि विभिन्न प्रावधान राख्दै थप कडाई गरिरहेको अस्ट्रेलियाले आगामी बजेट मार्फत विद्यार्थी भिषा आवेदन शुल्क कम्तिमा २५ सय डलर भन्दा बढी पु¥याउने तयारी गरिरहेको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सरकारले आगामी जुलाई १ बाट नयाँ बजेट कार्यान्वयन गर्दैछ, त्यसका लागि संघीय सरकारका अर्थमन्त्री जिम चाल्र्मरले बजेट निर्माणको अन्तिम तयारी गरिरहेका छन् । अस्थायी आप्रवासीका कारण घर कोठाको भाडा अभाव चर्किनुका साथै महँगी उच्च विन्दुमा पुगेको भन्दै सरकारले अन्तराष्ट्रिय विद्यार्थीको बार्षिक सँख्यामा भारी मात्राले कटौती गर्ने उद्देश्य लिएको छ ।

साही अनुसार, इमिग्रेशन प्रणालीमा कठिनाईपूर्ण प्रावधानहरु समावेश गर्दा मार्च महिनामा दशक यताकै न्यून विद्यार्थी अस्ट्रेलिया आउन पाएका थिए । अस्ट्रेलियाको भिषा आवेदन शुल्क अहिले पनि विश्वको दोश्रो महँगो शुल्क भएको देश मानिएको छ । शुल्क बढाउने सरकारी तयारीले अस्ट्रेलिया अध्ययन गर्न आउन चाहाने अन्तराष्ट्रिय विद्यार्थीलाई थप समस्या पर्ने भन्दै शैक्षिक सरोकारावालाहरुले चिन्ता व्यक्त गरिरहेका छन् ।

(Visited 30 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services