अस्ट्रेलियाको विद्यार्थी भिषामा थप तीन महत्वपूर्ण परिर्वतन
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः4 months ago

सिड्नी । अस्ट्रेलियाको संघीय सरकारले अन्तराष्ट्रिय विद्यार्थी भिषामा मार्च २३ अर्थात गत शुक्रबारबाट महत्वपूर्ण तीन वटा परिवर्तन गरेको छ । यी परिवर्तनहरुले उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया आउन चाहाने विश्वभरका विद्यार्थीहरुलाई थप कडाई गर्नेछन् ।

पछिल्ला बर्षहरुमा अत्यधिक आप्रवासी भित्रिएको भन्दै गत डिसेम्बरमा १० बर्षे आप्रवासी नीति जारी गर्दै अस्ट्रेलियाले आप्रवासीको बार्षिक सँख्या ५ लाख ६० हजारबाट ३ लाख ५० हजारको हाराहारीमा झार्ने उद्देश्य लिएको छ । सोही नीति अनुसार, गृहमामिला मन्त्री क्लियर ओनीलले शुक्रबारबाट कार्यान्वयन हुने गरि महत्वपूर्ण परिवर्तन गरेका हुन् ।

उनले जारी गरेको प्रेस विज्ञप्तिका अनुसार, विद्यार्थी भिषा आवेदनका लागि अँग्रेजी भाषा परिक्षा अर्थात आईईएलटीएसको अंकलाई ५.५ बाट ६ तथा ग्राजुयट भिषाका लागि ६ बाट ६.५ अँक ल्याउनुपर्ने, बनाईएको छ । त्यस्तै, पर्यटक भिषामा ‘नो फर्दर स्टे’ को प्रावधान थप्दै, भिजिटिङ भिषामा आउँदै विद्यार्थी बन्ने, परम्परालाई रोक्ने घोषणा गरेको छ । पर्यटक भिषामा ल्याईएको यहि प्रावधानले विभिन्न बाहनामा अस्ट्रेलिया आउने र विद्यार्थी भिषामा परिर्वतन भएर अनन्तकालसम्म बस्ने समस्या समाधान हुने गृह मामिला मन्त्रालयको विश्वास छ ।

त्यस्तै, विद्यार्थी भिषामा अर्को महत्वपूर्ण परिवर्तन भनेको जिएसटी प्रावधानको प्रयोग रहेको छ, जस अन्र्तगत विद्यार्थीले अस्ट्रेलिया आउने आर्थिक अवस्था लगायत र आफु सक्कली विद्यार्थी नै भएको आधारहरु प्रस्तुत गनुपर्नेछ । गृह मामिला मन्त्री ओनिलले उक्त परिर्वतनहरुको कार्यान्वयनले अस्ट्रेलियामा आप्रवासीको सँख्या कम हुदै जाने विश्वास व्यक्त गरेकी छन् ।

(Visited 85 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services