
सिड्नी । अस्ट्रेलियाको न्यू साउथ बेल्स राज्य (एनएसडब्लु)ले अन्तराष्ट्रिय सवारीचालक अनुमतिपत्र (लाइसेन्स)ले ६ देखि एकबर्षसम्म मात्रै सवारी सञ्चालन गर्न पाउने प्रावधान कार्यान्वयनमा ल्याएको छ ।
निकै लामो प्रतिक्षापछि राज्य सरकारले सन् २०२३ जुलाई १ तारिख पछि सिड्नी आउने अन्तराष्ट्रिय सवारी लाइसेन्सधारीले ६ महिना र सन् २०२३ जुलाई १ भन्दा अघि आएका लाईसेन्सधारीले सन् २०२५ मार्च १ तारिखभित्र आफ्नो लाइसेन्सलाई एनएसडब्लु सवारी लाइसेन्समा परिवर्तन गनुपर्नेछ । उक्त समयसीमा भित्र परिर्वतन नगरे कडा कारबाही हुने राज्य सरकारले स्पष्ट पारेको छ । लाइसेन्स परिर्वतनका लागि देश अनुसार, फरक–फरक व्यवस्था गरिएको छ ।
नेपाल, भारत, पाकिस्तान, चीन, र बंगलादेश लगायका देशबाट जारी भएको लाईसेन्सका हकमा लिखित र ड्राइभिङ परिक्षा पास गर्नुपर्नेछ । जापान, सिँगापुर, जर्मनी लगायत अन्य युरोपियन देशहरुबाट जारी भएको लाइसेन्सका चालकले भने कुनै पनि किसिमका परिक्षा दिनुपर्ने छैन् ।
सिड्नी क्षेत्रमा अन्तराष्ट्रिय लाइसेन्सले सवारी सञ्चालन गरिरहेका डाईभरका कारण दुर्घटना बढेको भन्दै अन्तराष्ट्रिय लाइसेन्सलाई बन्द गनुपर्नेदेखि, नयाँ लाइसेन्स जारी गर्ने प्रक्रियामा समेत कडाइ गरिनुपर्ने आवाज बलियो बनेपछि राज्य सरकारले उक्त प्रावधान कार्यान्वयनमा ल्याएको जनाएको छ ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services