अस्ट्रेलियामा प्रभावकारि बन्दै शष्दमाला पाठशाला
✍ हेमन्त काफ्ले
प्रकाशित मितिः11 months ago

सिड्नी । नाती नातिना हेर्न आएका अभिभावकहरू भाषा समस्याले मायामोह साट्नसक्ने अवस्थामा समेत छैनन्।सुन्दा अचम्म लाग्ला तर सत्य कुरो यहीँ हो। सात समुन्द्र पारी नेपालबाट छोरा छोरीको सन्तान हेर्ने रहरले अष्ट्रेलिया आएका हजुरबा हजुरआमाहरू नाति-नातिनाले नेपाली भाषा नुबझ्ने र आफूले उनीहरूले बोलेको अंग्रेजी नबुझ्ने समस्याले मायाप्रेम साट्नसमेत बञ्चित हुनुपरेको छ।

यसैबाट पनि बुझ्न सकिन्छ मुलुक चिनाउने कुरामा सबैभन्दा महत्वपूर्ण भाषा हो। ‍’हामी माया गर्न खोज्छौ तर नातीले नेपाली नबुझ्दा कठिन भएको छु, सिड्नीमा नाती हेर्न आएका प्रेम शर्माले वास्तविकता खुलाए।’हामीले भनेको नबुझ्दा ऊ हामीसँग झांगिन सकेको छैन, बरू मोबाइल र टिभीमा रमाउँछ। हामी उसलाई आफ्नै नजिक आओस र खेलोस् भन्ने चाहन्छौ तर उ पर पर भाग्छु, उनले भने।

यो एउटा अभिभावक र घरको मात्र कहानी होइन। यतिबेला अस्ट्रेलियामा करिब दुई लाख नेपाली बसोबास गर्दै आएका छन्। जसमा विद्यार्थीको संख्या मात्र ८० हजार माथि छ। जसमध्ये अधिकांशले एक पटक आफ्ना अभिभावकलाई विदेश घुमाउने वा परिवारमा सहयोगको अपेक्षाले यता बोलाउने गर्छन्।

अहिले करिब ७ हजार हाराहारीमा नेपाली अभिभावक अस्ट्रेलियामा रहेको अनुमान छ। यस्तो अवस्थामा भाषाको समस्याले पीरोलिएका कयौं अभिभावकको समस्याको साथी बन्न शब्दमाला नेपाली भाषा पाठशाला अगाडि आएको छ।

शब्दमालाको उद्धेस्य प्रवासमा नेपाली भाषा, कला संस्कृतिको उत्थान भएको विद्यालयका अध्यक्ष बिष्णु घिमिरेले बताए।’भाषा नरहे हाम्रो भेष पनि रहँदैन त्यसैले नेपालसँग जोडिने पहिलो विषय भाषा भएकोले यहाँका नयाँ पुस्तालाई भाषा सिकाउनु पहिलो प्राथमिकता ठानी यसको जन्म भएको घिमिरेले बताए।

उनलेले प्रवासमा नेपाली वालवालिकालाई आफ्नो नेपाली भाषा ,कला संस्कृतिका बारेमा जानकारी गराउनु हरेक अभिभावहरुको दायित्व रहेकोसमेत खुलाए। ‘हामी नेपालीहरू कला संस्कृतिमा निकै धनी छौं हाम्रा रितिरिवाज चाडपर्वहरु धेरै छन्। प्रवासमा जन्मिएका बालवालिकालाई भाषासँगै नेपाली चाडपर्वको जानकारी दिनु जरुरी छु, उनले भने, ‘शब्दमाला नेपाली भाषा विद्यालयले यही आवश्यकतालाई महसुस गरेर आफ्नो पाठ्यपुस्तकमा यस्ता नेपाली चाडपर्व, रितीरिवाज, भाषा सस्कृतिका वारेमा समावेस गरिएको छ।’

अभिभावकसँगको सञ्चार एउटा सानो समस्या मात्रै हो तर समग्रमा मुलुकसँग जोडिने कुराको पहिलो चुरो कुरो नै नेपाली भाषा भएको सह(सचिव दिपक लामिछानेले बताए।

‘हामी नेपाली भाषा प्रवर्द्धनमा स्कुल खोलेर अभियानमा जुटेका हौं। यदि अहिले यता जन्मेका हजारौं नयाँ पुस्ताले नेपालीनै नजान्ने हो भने कसरी तिनले नेपाली भन्ने र नेपालसँग जोडिने यो महत्वपुर्ण प्रश्न होु, लामिछानेले भने।अस्ट्रेलियामा नेपाली भाषाको संरक्षणमा जुटेको नेपाली भाषा पाठशाला शब्दमालाले नयाँ विद्यार्थीहरुलाई आकर्षण गर्न सिड्नीमा सचेतना अभियानको चलाउने भएको छ। नेपाली भाषा विद्यालयले वालवालिकालाई भर्ना गर्न प्रोत्साहन गर्ने हेतुले आगामी अगष्ट २७ , सेप्टेम्बर ३ र १० तारिखमा खुला सत्र तथा सचेतना अभियान कार्यक्रम गर्न लागेको अध्यक्ष घिमिरेले जानकारी दिए।

ग्रानभिल शब्दमाला शाखाका संयोजक नवीन अर्यालले अष्ट्रेलिया आएका अभिभावकले नाति(नातिनासँग चाहेर पनि सन्चार गर्न नसक्दा निकै अप्ठयारो परेको उदाहरण प्रस्तुत गर्दै भने भाषा मुलुकको परिचय भएको स्पष्ट पारे।’भाषा भनेको सूचना आदनप्रदानको माध्यम पनि हो तर भाषाकै कारण नेपालका आमाबुवा तथा नाती(नातिनाको सामिप्यतामा कमीसमेत आएको छु, अर्यालले भने।

त्यस्तै शब्दमालाकी पूर्व अध्यक्ष अर्चना गुरूङले प्रवासमा नेपाली भाषा कला संस्कृतिको जगेर्नामा शब्दमालाले अथक पहल गरेको बताउदै अष्ट्रेलियाका अभिभावकले आफ्ना नानीबाबुहरूलाई नेपाली विद्यालय पठाएर सहयोग गर्न आग्रह गरिन्। शब्दमालाको परिचयात्मक कार्यक्रम अन्तर्गत अगष्ट २७ मा ग्रानभिल, पोन्डस् र वेइतारा पब्लिक स्कुल , सेप्टेम्बर ३ तारिका दिन क्याम्सी, कार्लटन र क्याकुरीफिल्ड पब्लिक स्कुल तथा सेप्टेम्बर १० तारिकका दिन न्युक्यासलको स्कुलमा खुला सत्र राखिएको छ।

सन् २०१० मा गोर्खा नेपाली कम्युनिटी र गुठी अस्ट्रेलियाको सहकार्यबाट शब्दमाला नेपाली भाषा पाठशालाको जन्म भएको थियो।शब्दमाला एक स्वयसेवकद्धारा सञ्चालित गैरनाफामुलक संस्था हो। शब्दमालाले विद्यार्थी संख्याको आधारमा अस्ट्रेलियन सरकारकोबाट केहीआर्थिक सहयोग पाउने गरेको छ।

हाल शब्दमालामा न्युसाउथ वेल्स राज्यका सात वटा शाखामा नेपाली भाषा सञ्चालित छन्। जसमा क्याम्सी पब्लिक स्कुल, कार्लटन साउथ पब्लिक स्कुल, ग्रान्भिल पब्लिक स्कुल, म्याकुरीफिल्ड पब्लिक स्कुल, प्लाट्सवर्ग पब्लिक स्कुल, न्युकास्टल, पोन्डस् हाइस्कुल, र वाइतारा पब्लिक स्कुल छन्।शब्दमालामा हाल करिब ३०० विद्यार्थी, २० जना स्वयंसेवक तथा ३२ जना शिक्षक शिक्षिका छन्। शब्दमालाले भाषाको अतिरिक्त नेपाली नृत्य पनि सिकाउँदै आएको छ। (साभार सेतोपाटी डटकम)

(Visited 10 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services