जुलाईबाट अस्ट्रेलियामा कामदारको तलब बढ्ने
प्रकाशित मितिः3 years ago

सिड्नी । अस्ट्रेलियामा आगामी जुलाई १ तारिखबाट कामदारको न्यूनतम तलब बढ्ने भएको छ । कामदारको हकहितमा स्वतन्त्र तरिकाले काम गर्ने फेयरवर्क ओम्बुस्डम्यानले सरकारलाई ५.५७ प्रतिशत तलब बृद्धि गर्न सिफारिश गरेको हो ।

यससँगै अब कामदारले प्रतिघण्टा न्यूनतम २३.२३ अस्ट्रेलियन डलर पाउनेछन् । कोभिड महामारीपछि विश्वको अर्थतन्त्र नै दबाबमा रहेको बेला सर्वत्र महँगाी बढेको छ । अस्ट्रेलियामा पनि पछिल्लो एकबर्षदेखि उच्च रुपमा दैनिक उपभोग्य देखि अतिआवश्कीय बस्तुहरुको भाउ आकाशिएको छ । चर्को महंगीको मारमा परेका कामदारलाई राहत दिनेगरी प्रतिघण्टा २ डलरको तलबबृद्धीको निर्णय गरेको फेयरवर्क ओम्बुस्डम्यानले जनाएको छ ।

यसले २.७५ मिलियन कामदारहरूले प्रत्यक्ष लाभ लिने उसले दाबी गरेको छ । जुलाई १ बाट अष्ट्रेलियामा काम गर्ने कामदारले हप्ताको कम्तिमा ८८३ डलरसम्म कमाउने छन्।फेयरवर्कका अध्यक्ष एडम ह्याचरले विशेषगरी न्यून तलब पाउनेलाई आधारभूत आर्थिक आवश्यकता पूरा गर्ने क्षमतामा विचार गरेर तबल बृद्धिको सिफारिश गरिएको जानकारी दिए ।

(Visited 18 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services