अस्ट्रेलियाले ६० हजारलाई स्थायी भिसा दिने
प्रकाशित मितिः4 years ago

सिड्नी । अस्ट्रेलिया सरकारले यसबर्ष ६० हजार पिआर अर्थात स्थायी भिसा उपलब्ध गराउने भएको छ । त्यसका लागि संघीय सरकारको गृहमन्त्रालयले प्रक्रिया अघि बढाएको छ । कोभिड महामारीका कारण एकबर्ष भन्दा बढी अन्तराष्टिय सीमा बन्द गरेको अष्टैलियाले अहिले स्वास्थ्य, शिक्षा, पर्यटन र एजकेयर क्षेत्रमा कामदारको अभाव झेलिरहेको छ । सोही समस्यालाई सम्बोधन गर्न सरकारले प्राथामिकताको आधारमा आवेदनको टुगो लगाउनेछ ।

अस्ट्रेलियामा काम तथा बसोबासका लागि परेका १० लाखभन्दा बढी भिसा आवदेनको टुंगो लाग्न बाँकी रहेको सन्र्दभमा अस्ट्रेलियाको संघीय सरकारका गृहमन्त्री क्लेयर ओनिलले स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै स्वास्थ्य, शिक्षा तथा एजकेयर क्षेत्रमा परेका आवेदनलाई प्राथमिकता दिइने बताएकी छन् । अस्ट्रेलियाका सबैजसो क्षेत्रमा कामदार अभाव रहेको भए पनि बढी आवश्यक परेका क्षेत्रमा आएका निवदेनलाई प्राथमिकताका साथ अघि बढाइने उनको भनाई छ ।

अस्ट्रेलियाले बार्षिक १ लाख ६० हजार आप्रवासीलाई पिआर दिदै आएको भएपनि पछिल्लो एकबर्षमा कोभिडको विश्वव्यापी महामारीका कारण ८२ हजारले मात्र पिआर पाएका थिए । यसबर्ष उक्त सँख्या बढेर जाने देखिएको छ । सरकारले पिआरका लागि परेका आवेदनहरुलाई उच्च प्राथामिकता दिने थालेपछि आवेदन दिएका नेपालीसहित सम्पूर्ण आप्रवासीहरु उत्साहित भएका छन् ।खाशगरि, स्वास्थ्य र एजकियर क्षेत्रका आवेदनकर्ताहरु बढी उत्साहित देखिएका छन् । पछिल्लो समय अष्टेलियाका प्रमुख राज्य न्यू साउथ वेल्स लगायत सम्पूर्ण राज्यहरुमा ठुलो सँख्यामा नर्सहरुको अभाव हुँदा स्वास्थ्य क्षेत्रको सञ्चालन प्रणाली नै अस्तव्यस्त हुने डर उत्पन्न भएको थियो । सोही कारण अष्टेलियाको च्याम्बर अफ कमर्सले आप्रवासीको संख्या बढाएर वार्षिक २ लाख पुर्‍याउनुपर्ने माग गरेको छ ।

(Visited 143 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services