टिआर भिषामा उमेरहद, ३५ बर्षपछि आवेदन दिन नपाईने
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः23 hours ago

सिड्नी । अन्तराष्ट्रिय विद्यार्थीका लागि एकपछि अर्को कठिनाईपूर्ण नियमहरु कार्यान्वयन गरेको अस्ट्रेलियाले बिहीबार दुई महत्वपुर्ण परिर्वतन कार्यान्वयन गर्ने घोषणा गरेको छ ।

यसअघि सन् २०२३ को डिसेम्बर दोश्रो साता जारी भएको आप्रवासी नीतिले निर्दिष्ट गरेको परिर्वतन अनुसार, टेम्पोररी ग्राजुएट भिषा (टिआर)को आवेदन दिने उमेर हद र भिषा अवधी, नयाँ आर्थिक बर्षको सुरुवात अर्थात जुलाई १ बाट औपचारिक रुपमा लागु गर्ने घोषणा गरेको हो । सो घोषणा अनुसार, पढाई सकेपछि अप्लाई गर्न पाउने टिआर भिषाका लागि, विद्यार्थीको उमेर ५० बर्षबाट ३५ बर्षमा झारिएको छ ।

त्यस्तै, पिआरको ३ बर्षे अवधीलाई २ बर्षमा सिमित गरिएको छ । हङकङ र युरोपका विद्यार्थीहरुले भने ५० बर्षसम्म पनि टिआर अप्लाई गर्न पाउनेछन् । त्यस्तै भारत र अस्ट्रेलियाबीच भएको व्यापार सम्झौताका कारण भारतीय विद्यार्थीहरुले भने टिआर भिषा २ बर्षको सट्टा तीन बर्ष नै पाउनेछन् । पछिल्ला परिर्वतनहरु कार्यान्वयन गर्ने सरकारी घोषणाले पढाई सक्ने अवधीसम्म ३५ बर्ष पुग्ने हजारौँ अन्तराष्ट्रिय विद्यार्थीहरु मारमा पर्ने शैक्षिक सरोकारवालाहरुले जनाएका छन् ।

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services