दक्ष कामदारलाई अस्ट्रेलियामा पिआरको बाटो खुल्यो
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः7 months ago

सिड्नी । अस्ट्रेलियामा छोटो अवधीको अल्पकालीन दक्ष भिषाधारीले (पिआर) अर्थात स्थायी वशोवाशका लागि आवेदन दिन पाउने भएको छ । गृह मामिलासम्बन्धि मन्त्रालयले एक सूचना जारी गर्दै यस्ता भिषाधारीका लागि नोभेम्बर २५ बाट इमपोलोयर नोमिनेश स्किम (इएनएस) खुल्ला हुने घोषणा गरेको छ ।

कोभिड महामारी लगत्तै दक्ष र सीपमुलक कामदारको चरम अभाव देखिएको भन्दै अस्ट्रेलियाले साना तथा ठुला व्यवसायीहरुलाई स्पोन्सरसीपमा कामदार ल्याउन अनुमति दिएको थियो । उनीहरुले अस्थायी वशोवाश ट्रान्जिसन (टिआरटि) स्ट्रिम मातहत रहेर पिआरको आवेदन दिने सकिने सुचनामा उल्लेख गरिएको छ ।

पिआरका लागि योग्य हुन उनीहरुले कम्तिमा दुईबर्षसम्म सम्बन्धित स्पोसन्सरसँग काम गरेको र नोमिनेशन गरेको भुमिकालाई निरन्तरता दिएको हुनुपर्नेछ । यस घोषणाले, खाशगरि, होटल तथा रेष्टुरेन्टका म्योनेजर, सेफ, कुक र निर्माण तथा पर्यटन क्षेत्रका कामदारलाई प्रत्यक्ष फाइदा पुग्ने, बताईएको छ ।

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services