सबैसँग मिलेर काम गर्छु: नवनिर्वाचित अध्यक्ष पोखरेल
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः3 years ago

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाका नवनिर्वाचित अध्यक्ष अनिल पोखरेलले सबै पक्षसँग मिलेर अघि बढ्ने बताएका छन् । आइतबार सम्पन्न निर्वाचनमा ५ हजार २ सय ६६ मतका साथ आगामी दुईबर्षे कार्यकालका लागि विजयी भएपछि, सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिदै उनले मतदाताको भावना बुझेर काम गर्ने बताए । ‘मतदाताहरुले क्रमभंगता चाहेका छन्, अब परिणाममा पनि देखाउनुछ’, उनले भनेका छन् ।

अघिल्लो कार्यकालमा कोषाध्यक्षको भूमिकामा काम गरेका पोखरेलले अध्यक्षका दुई प्रत्यासी डिला खरेल र देब बहादुर गुरुङलाई पराजित गर्दै एनआरएनएको नेतृत्वमा पुगेका हुन् । निर्वाचनमा गुरुङले ३ हजार ३८० मत प्राप्त गर्दा खरेलले ३ हजार ३४७ मत पाएका थिए । निर्वाचनमा तटस्थमा ६४० मत परेको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै, एनआरएनएको महासचिवमा संन्तोष कुँवर, सचिवमा थिरबहादुर गुरुङ, कोषध्यक्षमा अर्जन गौतम, संयुक्त कोषाध्यक्षमा रोजी पन्त, नारि निकुञ्ज संयोजकमा संगिता भण्डारी चापागाईँ र युवा संयोजकमा सुमन बोहोरा निर्वाचित भएका छन् ।आइसिसी सदस्यहरुमा डा. भरतराज पौडेल, डिल्लीराम ढकाल, दिनेश अधिकारी, मदनराज पौडेल, नारायण कुमार कटुवाल, रमेश अधिकारी, सुजन अधिकारी र टिकाराम टिका भुर्तेल विजयी भएका छन्।

अस्ट्रेलियन क्यापिटल टेरिटोरीको संयोजकमा बिक्रम सुवेदी, न्यू साउथ वेल्समा बिनोद कुँवर, नर्थन टेरिटोरीमा संजिव ढकाल, क्विन्सल्याण्डमा सम्भु घइसे, साउथर्न अस्ट्रेलियामा संजयराज पुरी, तास्मानियामा जगदिश खड्का, भिक्टोरियामा मनिरत्न साप्कोटा र वेस्टर्न अस्ट्रेलियामा शेखर घिमिरे संयोजकका रुपमा निर्वाचित भएका छन् । एनआरएनएको महिला संगठन नारी निकुञ्जको संयोजकमा संगीता भण्डारी चापागाईं र सह संयोजकमा रत्ना गौतम निर्विरोध चयनभएका छन ।

(Visited 33 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services