कोरियामा ज्ञवालीलाई अन्तर्राष्ट्रिय युवा वैज्ञानिक पुरस्कार
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः12 months ago

काठमाडौं । दक्षिण कोरियाको थेगु विश्वविद्यालयमा प्राध्यापनरत नेपाली युवा डा। घनश्याम ज्ञवालीले अन्तर्राष्ट्रिय युवा वैज्ञानिक पुरस्कार प्राप्त गरेका छन् ।सिंगापुरमा भएको वैज्ञानिक तथा र अनुसन्धानकर्मी चयन गर्ने नवौं संस्करणबाट युवा वैज्ञानिक ज्ञवालीलाई अन्तर्राष्ट्रिय युवा वैज्ञानिकको उपाधि दिने निर्णय गरेको हो । सन् २०१२ मा रोजगार अनुमति प्रणालीबाट रोजगारीका लागि दक्षिण कोरिया गएका ज्ञवालीले भिसा परिवर्तन गरेर २०१७ बाट अध्ययन गर्न लागेका थिए ।

भौतिक शास्त्रमा विस्ससी सकेका गुल्मीका ज्ञवाली नेपालमा शिक्षक पेशा गर्दागर्दै रोजगारीका लागि कोरिया गएका थिए । ‘लामो संघर्षपछि २०१७ मा दक्षिण पूर्वमा अवस्थित थेगु सहरको थेगु विश्वविधालयमा पूर्ण छात्रवृति प्राप्त गर्न सफल भएँ,’ ज्ञवालीले भने । नेपालमा विएस्सी पुरा गर्दा सम्मको लगान र त्यसपछि देखिरहेको सपना फेरि व्युँतिएर अध्ययनमा लागेको उनले सुनाए ।ज्ञवालीले थेगु विश्वविद्यालयमा भौतिकशास्त्रमा ‘मटेरियल्स् साइन्स एण्ड इनर्जी इन्जिनियरिङ’ ल्याबमा विद्यार्थी जीवन पसन सुरु गरेका थिए । उनले २०१९ मा स्नातकोत्त। तहको अध्ययन सकाए ।

त्यसै विश्वविद्यायलयमा ‘नवीकरणीय शक्तिका स्रोत, यसको उत्पादन, परिमार्जन तथा संचय र प्रयोग’ विषयक अध्ययन, खोज–अनुसन्धान कार्यमा संलग्न रहे । राष्ट्रिय–अन्तर्राष्ट्रिय जर्नलमा खोज आलेख प्रकाशित गरेपछि उनले गत वर्ष पीएचडी सकेका थिए ।सोही विश्वविधालयमा पोष्ट डक्टरल सिनियर रिसर्चर्सको रुपमा कार्यरत उनी हालै रिसर्च प्रोफेसर बनेका छन् ।

(Visited 16 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services