सिपिए फेरि च्याम्पियन
प्रकाशित मितिः11 months ago
सिड्नी । छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए), मोना टुर्नामेन्ट अन्तरगत पुरुष भलिबलको च्याम्पियन बनेको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) को आयोजनामा आइतबार सिड्नीमा सम्पन्न प्रतियोगितामा म्याग्दीकाली युनाइटेडलाई ३–१ को सेटमा पराजित गर्दै सिपिएले उपाधि माथि कब्जा जमाएको हो । सिड्नीमा नेपाली समुदाय माझ भलिबलको ‘पावरहाउस’को पहिचान बनाएको सिपिएले यससंगै आधा दर्जन भन्दा बढी उपाधि जितिसकेको छ ।
फाइनलको पहिलो र दोश्रो सेट सहजै आफ्नो पक्षमा पारेको सिपिएलाई तेस्रो सेटमा युनाइटेडे २५–२१ले जित्दै खेलमा पुनगरामनको संकेत दियो । तर, चौथो सेटमा सिपिए थप आक्रमक बन्दै २५–१९ ले युनाइटेडलाई स्तब्ध बनाउँदै आफ्नो दबदबा कायम गर्न सफल भयो । सिपिएले सेमीफाइनलमा गोल्डेन ब्वाइज र युनाइटेडले ढोरपाटन क्लबलाई पराजित गर्दै फाइनल भिडन्त पक्का गरेको थियो । उपाधीसँगै सिपिएले  २२ सय अस्ट्रेलियन डलर साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता म्याग्दीकाली युनाइटेडले  १२ सय अस्ट्रेलियन डलर प्राप्त गरेका छन् । पुरुष भलिबलतर्फ दश टोलीले सहभागिता जनाएको प्रतियोगिताका संयोजक सन्दीप खत्रीले जानकारी दिए ।
सबैैको सहयोग र सहभागिताले प्रतियोगिता भव्य बनेको संयोजक खत्रीले उनले बताए । सिपिएले उपाधीसँगै, व्यक्तिगत अवार्डमा पनि बर्चस्च जमाएको छ । सिपिएका तिलक छन्त्यालले प्लेअर अफ दि टुर्नामेन्ट अर्वाड जित्दा, चिनु छन्त्याल उत्कृष्ट लिफ्टर, मन्दीप गुरुङ उत्कृष्ट बल्कर र गणेश छन्त्यालले उत्कृष्ट लिब्रो घोषित भए । युनाइटेडलाई फाइनलसम्म पुर्‍याउन अलराउण्ड प्रर्दशन गरेका पारस भण्डारले उत्कृष्ट स्पाइकरको अर्वाड हात पार्दा, युनाइटेडकै विजय बानियाँ उत्कृष्ट सभरर चुनिए ।
               महिलाको भलिबलको उपाधी ढोरपाटनलाई
टुर्नामेन्ट अन्तरगत महिला भलिबल प्रतियोगिताकौ उपाधी भने ढोरपाटन क्लब अस्ट्रेलियाले जितेको छ । फाइनलमा आयोजक मोनालाई पराजित गर्दै ढोरपाटनले उपाधीसँगै ट्रफी र एक हजार डलरका प्राप्त गर्दा उपविजेता बनेको आयोजक मोनाले ६ सय डलर प्राप्त गरेका छन् । ढोरपाटनलाई उपाधी दिलाउन शानदार प्रर्दशन गरेकी संमु शेरचनले उत्कृष्ट खेलाडीको उपाधी जितिन् ।
त्यस्तै ढोरपाटनकै कुसुम छन्त्याल उत्कृष्ट स्पाइकर, सिर्जना छन्त्याल उत्कृष्ट लिब्रो घोषित भइन् । उता मोनाकी चाँदनी जिसी उत्कृष्ट बल्कर, आशा जिसी उत्कृष्ट लिफ्टर, रेममायाँ गुरुङ उत्कृष्ट उत्कृष्ट सभरर र मोनाकै याशोदा पुर्जा अनुशासित खेलाडी घोषित भइन् । महिला भलिबलमा पाँच टोलीको सहभागिता थियो ।
                         बास्केटबलमा वाइल्ड याक च्याम्पियन
त्यस्तै, ६ टोलीको सहभागिता रहेको बास्केटबल प्रतियोगिताको उपाधी बाइल्ड याकले जितेको छ । प्रतिस्पर्धात्मक फाइनलमा के टाउनलाई हराउँदै वाइल्ड याक च्याम्पियन बन्दा उसले उपाधीसहित ट्रफीका साथमा २ हजार डलर हात पार्दा उपविजेता के टाउनले ११ सय डलर प्राप्त गरेका छन् ।
 ‘अब म पनि खेल्छु’ भन्ने नाराका साथ आयोजित प्रतियोगितामा उल्लेख्य रुपमा समर्थकको उपस्थिति थियो ।  पछिल्लो केहि बर्षयता, सिड्नीमा भलिबल प्रतिको क्रेज बढ्दै गएको छ भने विभिन्न अवसरमा प्रतियोगिताहरु आयोजना हुने क्रम बढेको छ ।  अध्ययन र रोजगारको सिलसिलामा अस्ट्रेलियामा रहेका म्याग्देलीहरुको साझा संस्था, मोनाले यसअघि जिल्लामा सामाजिक र परोपकारी क्षेत्रमा सक्रिय रुपले क्रियाकलाप गर्दै आएको छ । उपाधी विजेता टोली र खेलाडीलाई मोनाका अध्यक्ष इन्द्र थापामगर, प्रतियोगिताका मुख्य प्रायोजक स्टुडेन्ट भाइब्सका प्रमुख बद्री बरुवाल लगायतले पुरस्कार प्रदान गरेका थिए ।

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services