लिग टु को खेलतालिका सार्वजनिक गर्ने आइसीसीको तयारी
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः6 months ago

सिड्नी । क्रिकेटको सर्वोच्च निकाय, अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले विश्वकप समापन लगत्तै चारबषपर्छि हुने अर्को विश्वकपको छनौटको आधार मानिएको, लिग टुका सिरिजहरु घोषणा गर्ने तयारी गरेको छ । प्राप्त जानकारीहरु अनुसार, आइसीसीले पहिलो सिरिज नेपालमा आयोजना गर्दैछ, जहाँ, नेपालसहित, नेदरल्याण्ड र नामिबियाले प्रतिस्पर्धा गर्नेछन् । आइतबार विश्वकपको फाइनलसँगै लि टुका सबै विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा घरेलु टोली भारतलाई पराजित गर्दै अष्ट्रेलियाले उपाधि जित्दा ४० लाख अमेरिकी डलर अर्थात् ५३ करोड ३० लाख नेपाली रुपैयाँ बराबर नगद पुरस्कार पाएका छन् । उपविजेता बनेको भारतले २० लाख डलर अर्थात २६ करोड ६५ लाख नेपाली रुपैयाँ बराबरको पुरस्कार पाएका छन् ।
सेमिफाइनलमा पराजित भएका न्यूजिल्याण्ड र दक्षिण अफ्रिकाले ८–८ लाख डलर अर्थात् १० करोड ६६ लाख रुपैयाँ नगद पाउने छन् ।समूह चरणबाटै घर फर्केका ६ टिमले भने १–१ लाख डलर १ करोड ३३ लाख नेपाली रुपैयाँ पाउने छन् ।यसका साथै लिग चरणमा हरेक टिमले एक जितको ५३ लाख ३० हजार रुपैयाँ पाउने छन् । यसपटकको विश्वकपमा शीर्ष १० टोलीले सहभागिता जनाएका थिए ।

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services