भर्चुअल अपहरणको शिकार बन्दै अन्तराष्ट्रिय विद्यार्थीहरु
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः7 months ago

सिड्नी । अस्ट्रेलियामा पछिल्लो समय अन्तराष्ट्रिय विद्यार्थीहरु भचुर्अल किडन्यापिङ अर्थात अपहरणको शिकार बन्दै गएका छन् । अपरिचित नम्बरहरुबाट आउने फोन मार्फत स्थापित कुरालाई सही मान्दै जाँदा, विद्यार्थीहरुलाई डर र धम्की देखाई यस्ता गतिविधी बढ्दै गएको प्रहरीले जनाएको छ ।

स्क्यामरले विद्यार्थीहरुलाई आफु अपहरणमा परेको र चरम यातना भोगेको जस्ता भिडियो तथा फोटो खिच्न लगाउने, त्यशो नगरिए, अस्ट्रेलियाबाट डिर्पोट गर्ने धम्की दिने गर्दछन् । त्यसरी प्राप्त हुने तस्विर र भिडियो सम्बन्धित देशमा रहेका साथीभाई र अभिभावकलाई पठाउने अनि ठुलो फिरौटी रकम माग गर्ने गर्दछन् ।

अक्टोबर महिनामा मात्रै सिड्नीको तीन स्थानमा यस्तो घटना घटेको र एकजनाको चिनियाँ विद्यार्थीका अभिभावकले आफ्ना सन्तानका रिहाका लागि करिब ३ लाख डलर बुझाएको समेत प्रहरीले जनाएको छ । अन्य दुई घटनामा स्क्यामरले पाँच लाख डलर फिरौटी रकम माग गरेका थिए । अस्भाविक ढँगले यस्ता घटना बढेपछि प्रहरीले अन्तराष्ट्रिय विद्यार्थीहरुलाई विशेष सर्तकता अपनाउन र अपरिचित नम्बरहरुमा विश्वास नगर्न समेत सार्वजनिक आब्हान गरेको छ ।

(Visited 54 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services