‘एनआरएन द सिंगर’को उपाधि युक्ति विमलीलाई
प्रकाशित मितिः7 months ago

काठमाडौं । ‘खोजी उत्कृष्ट प्रवासी प्रतिभा’ भन्ने मुल उद्देश्यका साथ आयोजना भएको पहिलो संस्करणको ‘एनआरएन द सिंगर’को उपाधि युकेकी युक्ति विमलीले जितेकी छन् ।ग्रान्ड फिनालेका लागि पाँचमा स्थान बनाएकी युक्ति मात्रै काठमाडौं आउन सकेकी थिइनन् । खल्ती एपमार्फत गरिएको प्रत्यक्ष भोटमार्फत उनले सर्वाधिक भोट पाएर पहिलो संस्करणको उपाधि जित्न सफल भइन् ।

भर्चुअल माध्यमबाट ग्रान्ड फिनालेमा उनले गोठालो जाँदा लाएको माया बोलको गीत प्रस्तुत गरेकी थिइन् । उनी कार्यक्रममा उपस्थित नभएपछि युरोप संयोजक सन्तोष भट्टराईले संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीबाट ग्रहण गरिदिएका थिए ।

उपाधि जित्ने युक्तिले पाँच लाख नगद प्राप्त गरेकी छन् ।प्रतियोगितामा फस्ट रनरअप जापानका कर्मादोङ तामाङ बने । उनले नगद २ लाख र ट्रफी प्राप्त गरे । कर्मादोङले ग्रान्ड फिनालेमा कर्मादोङ तामाङले तातोपानी बजार बोलको तामाङसेलो र आफैंले सिर्जना गरेको उत्कृष्ट गीत प्रस्तुतत गरेका थिए ।

यसैगरी सेकेन्ड रनरअपको रुपमा सुवासचन्द्र पुनमगर रहे । पोर्चुगलका पुनमगरले सुवासचन्द्र पुन मगरले तिम्रो न्यास्रो आउँछ निरमाया र फूलको थुंगा हौकी भन्ने बोलको गीत प्रस्तुत गरेका थिए । उनले नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे । यस्तै, ग्रान्ड फिनालेमा विष्णु क्षत्री र गुनामगर निसुले पनि प्रतिस्पर्धा गरेका थिए ।

एनआरएन द सिंगरमा ३७ देशबाट अडिसनका लागि वेबसाइट, इमेल र ह्वाट्सएपबाट ३०० बढीको आवदेन परेको थियो ।कार्यक्रमका प्रमुख अतिथि संस्कृति पर्यटना तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीले नेपाल र नेपालीसँग जोडिने रचनात्मक कार्यक्रम गरेको भन्दै प्रशंसा व्यक्त गरे ।

पर्यटनको पहिलो आधार नै संस्कृति भएको बताउँदै संसारको पर्यटनको केन्द्र रहेको बताए । नेपाल प्रकृति र संस्कृतिको धनी भएको बताउँदै यसबाट नेपालले लाभ लिनका लागि एनआरएनले सहयोग गर्नुपर्नेमा जोड दिए ।

अहिलेको अवस्थामा नेपालमा केही निराशाको सञ्चार भएको बताउँदै हाम्रा संस्कृति र सम्पदाबाट पर्यटनको विकास गर्दै सकारात्मक कुराको सञ्चार गर्न आवश्यक रहेको बताए ।गीत संगीत एकताको सूत्रमा बाध्ने माध्यम भएकाले हामीले यसको संरक्षण गर्नका लागि सरकारले काम गरिरहेको बताए । पूर्वअध्यक्ष भवन भट्टले भाषा र साहित्यले सवैलाई जोड्ने भएकाले यसको आवश्यकता रहेको बताए ।

कार्यक्रममा कार्यकारी अध्यक्ष डा। बद्री केसीले नेपालले गर्व गर्नु पर्ने विषय मध्य यहाँको भाषा र संस्कृति रहेको बताउँदै भाषा र संस्कृति जोगाउने आफूहरुको दायित्व रहेको बताए ।

उनले विदेशमा रहेका आफूहरुले सन्ततीलाई नेपाली भाषा र संस्कृतिका बारेमा सिकाउनका लागि यस्ता कार्यक्रम आवश्यक रहेको पनि बताए ।नआरएन अध्यक्ष रवीना थापाले विदेशमा बस्ने नेपालीहरुको भाषा र संस्कृतिको जगेर्ना गर्नका लागि यस्ता कार्यक्रमले मद्दत पुग्ने बताइन् ।

भाषा र संस्कृति जोगाउनका लागि हामी सबै मिलेर विदेशमा बसेर छोरा छोरीलाई नेपालसँग जोड्नका लागि यस्ता कार्यक्रमले आगामी दिनमा निरन्तरता पाउनेमा जोड दिइन् ।एनआरएनएका पूर्व अध्यक्ष जीवा लामछिानेले संस्कृति तथा सम्पदा विभागले विदेशमा रहेका नेपालीहरुलाई गीत संगीतमार्फत जोड्ने प्रयास गरेकोमा धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता प्रतियोगिताहरु आयोजना हुनुपर्नेमा जोड दिए ।

एनआरएनका पूर्व अन्तर्राष्ट्रिय संयोजक भीम उदासले यो कार्यक्रमको कनसेप्ट बनाउनेहरु नै बधाईको पात्र रहको बताए ।नेपालभित्र एनआरन हाउसहोल्ड नाम भइसकेको बताउँदै एनआरएनका कारण देशको समृद्धि र विकास हुने बताए । देश भित्र र बाहिर बसेका सबै नेपालीहरु मिलेर देशलाई समृद्धि बनाउन लाग्नु पर्नेमा जोड पनि दिए ।एनआरएन द सिंगरका प्रमुख निर्णायक शम्भु राईले संस्कृति विनाको समाजा र संस्कृति विनाको राजनीति परिकल्पना गर्न नसकिने बताए ।

(Visited 11 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services