दसैमा झण्डै २ खर्ब २८ अर्ब रेमिट्यान्स
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः7 months ago

काठमाडौं । चालु आर्थिक वर्ष (आव)२०८०/८१ को पहिलो दुई महिनामा झण्डै साढे २ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।नेपाल राष्ट्र बैंकका अनुसार साउन र भदौमा २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।

यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा २२।१ प्रतिशत धेरै हो । अघिल्लो आवको पहिलो दुई महिनामा १९.८ प्रतिशतले बढेको रेमिट्यान्स यस वर्ष अझ वृद्धि भएको हो ।अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७।७ प्रतिशतले बढेर १ अर्ब ७३ करोड डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ११.३ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा भने भारी गिरावट आएको छ ।साउन र भदौमा संस्थागत र व्यक्तिगत नयाँ श्रम स्वीकृति लिनको संख्या ७४ हजार ४५५ जना रहेको छ । पुन: श्रम स्वीकृति ३२ हजार ४ जना छन् । यो अघिल्लो आवको यसै अवधिको तुलनामा क्रमश: २८.३ र १८.३ प्रतिशतले कम हो ।

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services