काठमाडौं । आप्रवासन नीतिमा बदलावसँगै अष्ट्रेलियाले विद्यार्थी भिसामा पनि कडाइ गर्न थालेको छ । यसबाट वैदेशिक अध्ययनका लागि अष्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीको ठूलो सङ्ख्या प्रभावित भएका छन् ।तर, शैक्षिक तथा आर्थिक रूपमा सक्षम विद्यार्थीलाई अष्ट्रेलियाको भिसा पाउन समस्या नरहेको शैक्षिक परामर्शदाताहरू जिकिर गर्छन् । विद्यार्थी भिसालाई पढ्नेभन्दा अष्ट्रेलिया प्रवेश गर्न चाहने बाटो बनाउन चाहनेहरू […]
काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले एक भारतीय नागरिकसहित हुन्डी कारोबारमा संलग्न चार जनाविरुद्ध मुद्दा दायर गरेको छ । अवैध विदेशी मुद्रा अपचलन गरेको, कसुरबाट प्राप्त सम्पत्ति बैंकिङ प्रणालीमा ल्याएर वैध बनाएको, कर छली गरेको लगायत आरोपमा विभागले नरेश अग्रवाल, दीपक शाह ठकुरी, मनमोहन साह कलवार र दिवस कार्कीविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गराएको […]
काठमाडौँ । युरोपेली संघ (ईयू) की एसिया र प्रशान्त क्षेत्रकी उपकार्यकारी निर्देशक पाओला पाम्पालोनीले नेपालले हवाई सुरक्षाको प्राविधिक क्षेत्रमा अझै सुधार गर्न आवश्यक रहेको बताएकी छन् । यसका लागि ईयूले अझै सहयोग गर्ने उनको भनाइ छ । ‘ईयूका हुन् वा नेपाली जनता, हाम्रो प्राथमिकता जनतामा सुरक्षा हो,’ हरेक दुई वर्षमा हुने नेपाल–ईयूको १५ औं संयुक्त […]
सिड्नी । अमेरिकन कम्पनी ‘उबर’ले अस्ट्रेलियामा इतिहासकै ठुलो क्षतिपूर्ति तिनुपर्ने भएको छ । अस्ट्रेलियामा आफ्नो सेवा सुरु गर्दा उबरले जानाजान दर्ता नभएका ट्याक्सी र सवारीचालक अनुमति नभएका डाइभरहरु भर्ना गरेको भन्दै स्थानीय हुदै सर्वोच्च अदालतमा मुद्दा परेको थियो । देशभरका ट्याक्सी ड्राइभरहरुले संयुक्त रुपमा दिएको मुद्दाको सुनुवाई गर्दै अदालतले उबरलाई २ सय ७२ मिलियन डलर […]
सिड्नी । आगामी चैत ९ गते रिलिज तयारीमा रहेको फिल्म ‘महाजात्रा’लाई अष्ट्रेलियामा रहेका नेपालीहरु पनि प्रतीक्षामा छन् । नेपालसहित अष्ट्रेलियालगायत देशमा पनि एकैसाथ रिलिज हुँदैछ ।अष्ट्रेलियाका विभिन्न सहरमा गरी हालसम्म ३० भन्दा बढी शो ‘महाजात्रा’का लागि निश्चित भइसकेको फिल्मको अष्ट्रेलिया प्रदर्शन व्यवस्थापक रोशन भट्टराईले जानकारी दिए । ‘अहिलेसम्म महाजात्रा अष्ट्रेलियाको सिड्नी र आसपास १५ शो, […]
काठमाडौँ । फिल्म ‘सिड्नी ब्लुज’मा अभिनेता पुष्प खड्का र अञ्जना बराइलीको जोडी रहने भएको छ । निर्माण युनिटले फिल्मका लागि पुष्पसँग कागजी सम्झौता गर्दै जोडीको विषयमा सार्वजनिक गरेको हो । शङ्कर कार्कीले निर्देशन गर्न लागेको फिल्ममा पुष्प र अञ्जनाको अलवा रवीन्द्र झा, शिव आर. ठकुरी लगायतको समेत अभिनय रहनेछ । आगामी जुनमा छायाङ्कनको लक्ष्य रहेको […]
सिड्नी । अस्ट्रेलियाको संघीय सरकारले जारी गरेको कडा आप्रवासी नीतिका बाबजुद सन् २०२४ को जनवरी महिनामा ८३ हजार अन्तराष्ट्रिय विद्यार्थी भिषा जारी भएको छ । इमिग्रेशन विभागको तथ्यांकलाई उदृत गर्दै, फाइनान्सिएल रिभ्युले आप्रवासी नीति कार्यान्वयनको सुरुवाती चरणमा भएका कारण जनवरी महिनामा आम अपेक्षा विपरित धेरै भिषा जारी भएको जनाएको छ । फ्रेबअरी महिनाबाट भने भारी […]
सिड्नी । नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्दलाई सिड्नीमा सम्मान गरिएको छ । मेलर्वनमा सम्पन्न न्याभ कप क्रिकेटको पुरस्कार वितरण समारोहमा सहभागि हुन केहि दिन अघि त्यहाँ आइपुगेका अध्यक्ष चन्द, त्यसपछि सरोकारावालाहरुको निम्तामा सिड्नी आएका थिए । उनलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलिया न्यू साउथ बेल्स, नेपाल–अष्ट्रेलिया प्रजातान्त्रिक मन्च–९एनएडिएफ० लगायतका संघसंस्थाले स्वागत एवम् […]
काठमाडौं । होली पर्वको अवसर पारेर अष्ट्रेलियामा कन्सर्ट हुने भएको छ । मार्च २३ मा सिड्नीमा हुने ‘होली हंगामा–२०२४’ मा गायक दीपक लिम्बू, भोजपुरी गायक रितेश पाण्डे, मैथिली गायक जागेश ठाकुर, गायिका अन्नु चौधरी र जेनिशा गौतमले प्रस्तुति दिनेछन् । कार्यक्रम शनिबार साँझ साढे ५ बजेदेखि राति अबेरसम्म चल्ने आयोजक संस्था एसोसिएसन अप नेपाल तराई […]
मेलबर्न । अस्ट्रेलियाको मेलर्वनमा सम्पन्न १३औँ कँडेल कन्सल्टेन्सी कपको उपाधि नेपाली फुटबल क्लब सेन्ट जर्ज सिड्नीले जितेको छ। मेलबर्नको डरेविन अन्तर्राष्ट्रिय स्पोर्टस सेन्टरमा भएको फाइनल खेलमा यूनाइटेड फुटबल क्लबलाई हराउँदै सेन्टजर्जले उपाधिमाथि कब्जा गरेको हो। निर्धारित समयमा दुबै टिमले एक–एकको बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टी सुटआउटमा सेन्टजर्ज नेपाली क्लबले युनाइटेड फुटबल क्लबलाई […]
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services