१३औँ कँडेल कन्सल्टेन्सी कपको उपाधि सेन्टजर्जलाई
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 years ago

मेलबर्न । अस्ट्रेलियाको मेलर्वनमा सम्पन्न १३औँ कँडेल कन्सल्टेन्सी कपको उपाधि नेपाली फुटबल क्लब सेन्ट जर्ज सिड्नीले जितेको छ। मेलबर्नको डरेविन अन्तर्राष्ट्रिय स्पोर्टस सेन्टरमा भएको फाइनल खेलमा यूनाइटेड फुटबल क्लबलाई हराउँदै सेन्टजर्जले उपाधिमाथि कब्जा गरेको हो।

निर्धारित समयमा दुबै टिमले एक–एकको बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टी सुटआउटमा सेन्टजर्ज नेपाली क्लबले युनाइटेड फुटबल क्लबलाई ७–६ गोलले पराजित गरेको हो।

उपाधि जितेको सेन्ट जर्ज नेपाली क्लबले १२ हजार अष्ट्रेलियन डलर नगद पुरस्कार पाएको छ। उपविजेता बनेको युनाइटेड एफसीले ४ हजार पाँच सय अष्ट्रेलियन डलर नगद र ट्रर्फी प्राप्त गरेको आयोजक यती फुटबल क्लबले जनाएको छ ।

(Visited 59 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services