अस्ट्रेलियामा उबरलाई २ सय ७२ मिलियन डलर जरिवाना
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 month ago

सिड्नी । अमेरिकन कम्पनी ‘उबर’ले अस्ट्रेलियामा इतिहासकै ठुलो क्षतिपूर्ति तिनुपर्ने भएको छ । अस्ट्रेलियामा आफ्नो सेवा सुरु गर्दा उबरले जानाजान दर्ता नभएका ट्याक्सी र सवारीचालक अनुमति नभएका डाइभरहरु भर्ना गरेको भन्दै स्थानीय हुदै सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।

देशभरका ट्याक्सी ड्राइभरहरुले संयुक्त रुपमा दिएको मुद्दाको सुनुवाई गर्दै अदालतले उबरलाई २ सय ७२ मिलियन डलर क्षतिपुर्ति दिनुपर्ने फैसला सुनाएको हो । अस्ट्रेलियामा चर्चित उबरले ठुलो क्षतिपुर्ति तिनुपर्ने भएपछि उबर मा यात्रा गर्दा, त्यसको शुल्क भारी मात्रामा बृद्धि हुने संभावना रहेको छ ।

सर्वोच्च अदातलले आफुहरुलाई न्याय दिएको भन्दै देशभरका ट्याक्सी डाइभरहरु उत्साहित भएका छन् । करिब ८ हजार ट्याक्सी ड्राइभरले १५ हजार देखि ३० हजार डलर सम्म क्षतिपुर्ति पाउने स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

(Visited 21 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services