सिड्नी । आगामी चैत ९ गते रिलिज तयारीमा रहेको फिल्म ‘महाजात्रा’लाई अष्ट्रेलियामा रहेका नेपालीहरु पनि प्रतीक्षामा छन् । नेपालसहित अष्ट्रेलियालगायत देशमा पनि एकैसाथ रिलिज हुँदैछ ।अष्ट्रेलियाका विभिन्न सहरमा गरी हालसम्म ३० भन्दा बढी शो ‘महाजात्रा’का लागि निश्चित भइसकेको फिल्मको अष्ट्रेलिया प्रदर्शन व्यवस्थापक रोशन भट्टराईले जानकारी दिए ।
‘अहिलेसम्म महाजात्रा अष्ट्रेलियाको सिड्नी र आसपास १५ शो, अ मेलबर्न, पर्थ, डार्बिन, क्यानबेरा र एडिलेटमा दुई९दुई शो र ब्रिसबेनमा आठ शो प्रदर्शन हुने निश्चित भइसकेको छ,’ उनले भने, ‘यो फिल्मप्रति चासो र उत्सुकता बढ्ने देखिन्छ । त्यसकारण अन्य शोहरू पनि थपिने अवस्था छ ।’
प्रदीप भट्टराई निर्देशित फ़िल्ममा हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, रविन्द्रसिंह बानियाँ र रवीन्द्र झाको प्रमुख भूमिका छ । यो फिल्मलाई अष्ट्रेलियामा रोटेपिङ इन्टरटेनमेन्टले प्रदर्शन गर्न लागेको हो । नेपालीहरुको उपस्थिति बाक्लिएसँगै अष्ट्रेलिया नेपाली फिल्मको महत्वपूर्ण बजार बन्दै गएको छ । यसअघि जात्रा, जात्रैजात्रा, कबड्डी ४, छक्कापञ्जा ४, जारी लगायत फिल्मले राम्रो व्यापार गरेका थिए ।
© 2023. All rights reserved. Designed By: HK Web Services