सिड्नी ब्लुजमा पुष्प र अञ्जना
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 month ago

काठमाडौँ । फिल्म ‘सिड्नी ब्लुज’मा अभिनेता पुष्प खड्का र अञ्जना बराइलीको जोडी रहने भएको छ । निर्माण युनिटले फिल्मका लागि पुष्पसँग कागजी सम्झौता गर्दै जोडीको विषयमा सार्वजनिक गरेको हो ।

शङ्कर कार्कीले निर्देशन गर्न लागेको फिल्ममा पुष्प र अञ्जनाको अलवा रवीन्द्र झा, शिव आर. ठकुरी लगायतको समेत अभिनय रहनेछ । आगामी जुनमा छायाङ्कनको लक्ष्य रहेको यस फिल्ममा देशको सम्भावनालाई नकारी विदेशी जीवन बिताउने वर्तमानका युवाहरूको कथा विषय बनाइएको छ । ७० प्रतिशत अस्ट्रेलिया र ३० प्रतिशत नेपालमा छायांकन हुने फिल्ममा ‘मिनेचर सेट’ र ‘प्रोस्थेटिक मेकअप’को प्रयोग हुने बताइन्छ । शिव आर ठकुरीको कथा, किरण घिमिरे (माइकल)को पट्कथा रहेको फिल्ममा सुसन प्रजापतिको छायाङ्कन छ ।

फिल्मका निर्माण व्यवस्थापक प्रकाश हमाल र निर्माता आरती शाही हुन् । कार्कीले यस अगाडि ‘सत्यम्’ निर्देशक गर्ने तयारी गरेका थिए । हल्लाखल्ला राम्रो भएको फिल्ममा राजेश हमाल, पल शाह, उपासनासिंह ठकुरीको अभिनय रहने बताइएको थियो । तर फिल्म निर्माण भन हुन सकेको थिएन ।

(Visited 26 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services