नेपाल क्रिकेट संघका अध्यक्ष चन्दलाई सिड्नीमा सम्मान
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 month ago

सिड्नी । नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्दलाई सिड्नीमा सम्मान गरिएको छ । मेलर्वनमा सम्पन्न न्याभ कप क्रिकेटको पुरस्कार वितरण समारोहमा सहभागि हुन केहि दिन अघि त्यहाँ आइपुगेका अध्यक्ष चन्द, त्यसपछि सरोकारावालाहरुको निम्तामा सिड्नी आएका थिए ।

उनलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलिया न्यू साउथ बेल्स, नेपाल–अष्ट्रेलिया प्रजातान्त्रिक मन्च–९एनएडिएफ० लगायतका संघसंस्थाले स्वागत एवम् सम्मान गरेका हुन् । मेलर्वनमा सम्पन्न न्याभ कपमा सहभागिता जनाउन अध्यक्ष चन्दसँगै नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार अलराउण्डरद्धय दिपेन्द्रसिँह ऐरी र कुशल मल्ल पनि आएका थिए ।

कार्यक्रममा सहभागिपछि क्रिकेटर मल्ल र ऐरी भने नेपाल फर्किसकेका छन् । नेपाली क्रिकेटको विकासका लागि महत्वपूर्ण योगदान पु¥याएको भन्दै चन्दलाई सम्मान गरिएको एनएडिएफका महासचिब प्रकाश हुमागाईले जानकारी दिए । एनआरएनएले आयोजना गरेको सम्मान कार्यक्रममा अध्यक्ष चन्दले नेपाली क्रिकेटले नयाँ उचाई लिने बेलामा चौतर्फी सहयोगको आवश्यकता रहेको बताएका थिए ।

(Visited 17 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services