अस्ट्रेलियाद्धारा जनवरीमा ८३ हजार विद्यार्थी भिषा जारी
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 month ago

सिड्नी । अस्ट्रेलियाको संघीय सरकारले जारी गरेको कडा आप्रवासी नीतिका बाबजुद सन् २०२४ को जनवरी महिनामा ८३ हजार अन्तराष्ट्रिय विद्यार्थी भिषा जारी भएको छ । इमिग्रेशन विभागको तथ्यांकलाई उदृत गर्दै, फाइनान्सिएल रिभ्युले आप्रवासी नीति कार्यान्वयनको सुरुवाती चरणमा भएका कारण जनवरी महिनामा आम अपेक्षा विपरित धेरै भिषा जारी भएको जनाएको छ ।

फ्रेबअरी महिनाबाट भने भारी मात्रामा कम हुने सरोकारवालाहरुको भनाई छ । संघीय सरकारले आप्रवासीको सँख्या अत्यधिक भएको भन्दै डिसेम्बर दोश्रो साता कडा आप्रवासी नीति जारी गरेपछि विद्यार्थीको भिषा अस्वीकृत हुने क्रम ह्वात्तै बढेको छ । जनवरी महिनामा नेपाल, भारत र पाकिस्तान भन्दा चीन, कोलम्बिया, फिलिपिन्स लगायतका देशबाट दिएका आवेदनले सहजै भिषा प्राप्त गरेका थिए ।

डिसेम्बर महिना यता नेपालबाट दिएको भिषा आवेदन मध्ये कबिर २० प्रतिशत भिषा अस्वीकृत भएका छन् । २३ मार्च सन् २०२४ बाट विद्यार्थी भिषा आवेदन दिँदा जेन्यून स्टुडेण्ट रिक्वारमेन्ट समेत प्रमाणित गर्नुपर्ने प्रावधान कार्यान्वयनमा आउनेछ । यसले विद्यार्थीहरुलाई थप समस्यामा पार्ने शैक्षिक परामर्शताहरुले जनाएका छन् ।

(Visited 37 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services