‘होली हंगामा’मा दीपक र अन्नुले सिड्नी तताउने
✍ राजन घिमिरे
प्रकाशित मितिः4 months ago

काठमाडौं । होली पर्वको अवसर पारेर अष्ट्रेलियामा कन्सर्ट हुने भएको छ । मार्च २३ मा सिड्नीमा हुने ‘होली हंगामा–२०२४’ मा गायक दीपक लिम्बू, भोजपुरी गायक रितेश पाण्डे, मैथिली गायक जागेश ठाकुर, गायिका अन्नु चौधरी र जेनिशा गौतमले प्रस्तुति दिनेछन् ।

कार्यक्रम शनिबार साँझ साढे ५ बजेदेखि राति अबेरसम्म चल्ने आयोजक संस्था एसोसिएसन अप नेपाल तराई इन अष्ट्रेलिया (एन्टा) का अध्यक्ष रन्जित साहले जानकारी दिए । एन्टाले सिड्नीमा नेपालको तराई-मधेश क्षेत्रमा विशेष मनाइने छठ, होली लगायत चाडपर्वहरुमा कार्यक्रम आयोजना गर्दै आएको छ ।

कार्यक्रममा तराई–मधेशको होली संस्कृतिअनुसारका परिकारसहित भोजपुरी र मैथिली खानाको स्वाद समेत लिन पाइने आयोजकले जनाएको छ ।

(Visited 36 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services