सिड्नी । अस्ट्रेलियामा बढ्दो महँगीका कारण सर्वसाधारण चर्को मारमा परेका छन् । महँगीका कारण गृहिणी देखि अन्तराष्ट्रिय विद्यार्थीहरु प्रत्यक्ष रुपमा मारमा परेका छन् । जुलाई १ बाट अस्ट्रेलियामा दैनिक उपभोग्य बस्तु, सार्वजनिक यातायात, घरभाडा र सार्वजनिक सेवाको पहुँच शुल्कमा भारी मात्रामा बृद्धि भएको छ । बर्षेनी कामदारको न्यूनतम तलब बृद्धि हुने भएपनि महँगी स्थिर बन्न […]
सिड्नी । अस्ट्रेलियाको मुख्य शहर सिड्नीमा सबैभन्दा महँगो र सबैभन्दा सस्तो घरको मुल्य र भाडा पाईने सबब सार्वजनिक भएको छ । घरजग्गा सम्बन्धि आधिकारिक तथ्यांक दिने डोमिन डटकमलाई उदृत गदै स्थानीय सेभेन न्यूजले सार्वजनिक गरेको सुचीमा बरुड, स्टाटफिल्ड, गिलिफ र बेलेक्सीको मुल्य एकबर्षमा ३५ प्रतिशत भन्दा बढीले बढेका छन् । त्यस्तै, ओलम्पिक पार्क, पिटरसम, सन्टम्यारी […]
तास्मेनिया । अष्ट्रेलियाको तास्मेनियास्थिति लन्सेस्टनमा रहेको सामुदायिक संस्था, नेपाली सोसाइटी अफ नर्दन तास्मेनिया (एनएसएनटि)ले आफ्नो छैटौँ साधारण सभा सम्पन्न गरेको छ । तास्मेनियाको उत्तरी भागमा पर्ने लन्सेस्टन र यस नजिकमा बसोबास गर्ने नेपालीहरुलाई सामुदायिक हिसाबले समेटेको यस संस्था सन् २०१८ मा स्थापना भएको थियो । अघिल्लो कार्यकालकै सदस्यहरु निरविरोध रुपमा आउने कार्यकाल २०२४/२५ को लागि […]
सिड्नी । अस्ट्रेलियाको सिड्नीमा अगस्ट ३ बाट सुरु हुने तेस्रो संस्करणको नेप्लिज प्रिमियर लिग (एनपिएल) को ट्रफी सार्वजनिक गरिएको छ । नेप्लिज क्रिकेट संघ अष्ट्रेलिया (एनसीएए)को आयोजना तथा फिस्टेल होम्सको मुख्य प्रायोजनमा हुने एनपिएलको ट्रफी नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीब्र गतिका बलर अबिनाश बोहोराले सार्वजनिक गरेका हुन् । ट्रफी सार्वजनिक गर्दै नेपाली क्रिकेटमा योर्कर किङको […]
सिड्नी । विश्वव्यापी बसोबास योग्यता सूचक, २०२४ अनुसार विश्वमा सबैभन्दा बस्नलायक सहरहरुको नयाँ सूची सार्वजनिक भएको छ । जसमा अस्ट्रेलियाको मुख्य शहर मेलर्बन चौथो र सिड्नी सातौँ स्थानमा समावेश रहेका छन् । सहरको स्थायित्व, स्वास्थ्य सेवा, संस्कृति, शिक्षा तथा पूर्वाधारलगायतको आधारमा जीवनको गुणस्तर मापन गरी सहरहरूको बसोबास योग्यताको सुची तयार पारिएको बताईएको छ । कुल […]
सिड्नी । यदि तपाँईको हातमा उपयुक्त सीप र दक्षता छ, भने अस्ट्रेलियामा आर्कषक पारिश्रामिकको काम पाउन सकिन्छ, त्यसका लागि युर्निभसिटीको सर्टिफिकेट नै आवश्यक पर्दैन् । अस्ट्रेलियाको तथ्यांक विभागले ट्रेडी सेक्टरमा १० आकर्षक तलब पाइने कामको सुची सार्वजनिक गरेको छ । जसको पहिलो नम्बरमा, कन्ट्रक्शन म्यानेजर रहेको छ । उनीहरुले बार्षिक एक ९० हजार अस्ट्रेलियन डलरदेखि […]
सिड्नी । अस्ट्रेलियाको विभिन्न आठ शहरमा नेपाल फेस्टिभल आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाले राज्य समिति तथा विभिन्न संघसंस्थासँग सहकार्य गरेर सन् २०२४÷२५ मा मुख्य शहर सिड्नी र मेलर्बनसहित ८ शहरमा फेस्टिभल आयोजना गर्न लागेको हो । एनआरएनए अस्ट्रेलियाले दिएको जानकारी अनुसार, सेप्टेम्बर २४ मा पर्थ, नोभेम्बर २३ मा सिड्नी, सन् […]
सिड्नी । अस्ट्रेलियाको मुख्य शहर मेलर्बनको २६ वटा सबबमा ड्रोनबाट खाना, खाजा र सामाग्रीको डेलिभरी सुरु भएको छ । डोरड्यास नामक डेलिभरि कम्पनीले मेलर्वनको मरुन्दाह सिटी काउन्सिलको इस्टल्याण्ड सपिङ सेन्टरमा मुख्य स्टेशन राखेर वरपरका २६ वटा सबबमा ड्रोनबाट सेवा प्रवाह सुरु गरेको जनाएको छ । यी सबबहरुमा बढीमा १५ मिनेट भित्र डे«ानले सामान पु¥याउने कम्पनी […]
सिड्नी । अस्ट्रेलियाको मुख्य शहर सिड्नीमा पछिल्लो एकबर्षमा नयाँ घर निर्माणले तीब्रता पाएपनि अझै बार्षिक ७७ हजार घर बनाउनुपर्ने देखिएको छ । घर र कोठाको चरम अभाब भइरहेको बेला संघीय सरकारले पाँच बर्षभित्र १२ लाख घर बनाउने योजनालाई सफल बनाउन सिड्नीमा बार्षिक २ लाख ४० हजार घर बनाउनुपर्नेमा अहिले १ लाख ७३ हजार मात्र निर्माण […]
सिड्नी । अस्ट्रेलियाको भिक्टोरिया राज्यस्थित बालाराट क्षेत्रमा वशोवाश गर्ने नेपाली समुदायको साझा संस्था बालाराट नेपालि समाजले हरितालिका तीजको अवसरमा तीजमेला आयोजना गर्ने भएको छ । नेपाली पम्परा, भाषा, कला र संस्कृति जर्गेनासँगै एकआपसमा साथ, सहयोग र सहकार्य गर्दै आएको समाजले आगामी अगस्ट ३१ तारिख पहिलो पटक तीजमेला आयोजना गर्न लागेको हो । प्रवासमा रहेपनि नेपालीहरुको […]
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services